कारागारमा पनि एचआइची भेटियो
मेचीनगर अनलाइन
|
Thursday, September 16, 2010
|
0 comments
विराटनगर, भाद्र ३१ - मोरङ कारगारका कैदीबन्दीको स्वास्थ्य परीक्षण गर्दा चार जनामा एचआइभी पोजिटिभ पाइएको छ । जेलर खगेन्द्र गिरीका अनुसार संक्रमित पहिचान भएका ती कैदीबन्दीलाई राजधानीको नक्खु कारगार सरुवा गरिएको छ ।
क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिएका मोरङ कारागारमा हाल ५ सय ४७ कैदीबन्दी छन् । सुनसरी, मोरङ र झापाका कारगारमा कैदीबन्दीका लागि यौन रोग र एचआइभीको परीष्क्षण तथा उपचारमा सहयोग गर्दै आएको युवा शक्रि नेपाल नामको संस्थाका अनुसार सरकारीतवरबाट कारागारमा नियमिति स्वास्थ्य परीक्षण र उपचारको प्रभावकारी कार्यक्रमको खँचो देखिएको छ । संस्थाका क्षेत्रीय कार्यक्रम संयोजक हरि खनालले भने 'यो कुनै संस्थाको सहयोगमा मात्र सम्भव हुने कुरा होइन ।' झापाको चन्द्रगढीस्थित कारागारमा ३ सय ८७ र सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा ४ सय २६ जना कैदीबन्दी छन् ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed