• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

माओवादीले कव्जा गरेको जग्गा फिर्ता माग्दा झडप

पाँचथर, आश्विन १६ - द्वन्द्वकालमा माओवादीले कब्जा गरेको जग्गा फिर्ता माग्दा दुई पक्षबीच बिहीबार झडप भएको छ । तत्कालीन बिद्रोही माओवादीले मेमेङ-४ निवासी अर्जुन राईको जग्गा कब्जा गरी एकतीन-७ का माओवादीका एरिया कमिटी सदस्य डिल्ली राईको परिवारले जग्गामा अलैँची खेती गर्दै आएका थिए । सो जग्गा उनलाई फिर्ता माग्दा दुई पक्षबीच झडप भएको हो । झडप हुँदा जीवन राईलगायत चारजना घाइते भएका छन् ।

जग्गा धनी अर्जुन राईका अनुसार अहिलेदेखि जग्गा फिर्ता गर्न सल्लाह दिएर अलैँची टिप्न लाग्दा उनीहरुले एक्कासी आक्रमण गरेपछि झडप भएको हो । कुटपिटबाट घाइते डिल्ली राईको टाउकोमा चोट लागेको छ । घाइतेको थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । 

घटना सम्बन्धमा माओवादी पार्टीले भने सो जग्गा पार्टीले कब्जा गरेको नभई पारिवारिक भएको र घटनालाई बढाइचढाइ गरेर राजनीतिकीकरण गर्न खोजेको आरोप लगाएका छन् ।
झडपमा संलग्न  मेमेङ-४ का महेन्द्र राई, मकर राई, नरबहादुर राई, अर्जुन राई र जसबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पाँचथरलाई बुझाएको छ 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply