संविधान बनाऊ भन्दै एसएमएस पठाउन थालियो
मेचीनगर अनलाइन
|
Friday, October 8, 2010
|
0 comments
काँकडभिट्टा, आश्विन १३, झापामा दलका मुख्य नेता तथा सभासदलाई निर्धारित समयमा संविधान निर्माण गर्न माग गर्दै एसएमएस सन्देश पठाउने अभियान सुरु गरिएको छ ।
जिल्लाका सचेत युवाको संगठन 'जुटौं' मार्फत यस्ता सन्देश पठाउन थालिएको हो । 'चाँडो संविधान बनाउन दबाब दिने हाम्रो मूल धेय हो,' संगठन संयोजक विष्णु रिमालले भने, 'अभियानले उनीहरूको चेत खुल्ने आशा गरेका छौं ।'
भदौ ३१ देखि थालिएको अभियान अझै केही दिन रहने जनाइएको छ । हालसम्म करिब ४ सय सभासदलाई १० हजारभन्दा बढी एसएमएस पठाएको रिमालले जानकारी दिए ।
सहभागीले सबैभन्दा बढी एमाले अध्यक्ष्ा झलनाथ खनाललाई सन्देश प्रेषित गरेका छन् । केही सभासदले भने एसएमएस पाएपछि फोनै गरेर अभियानबारे बुझेका थिए । दलका मुख्य नेता र सभासदको नालायकीपनाले समयमा संविधान बन्न नसकेको जुटौंको ठहर छ ।
एसएमएसमा दलका नेता तथा सभासदलाई लक्ष्ाित गर्दै भनिएको छ, 'तपाईंहरूको मुख्य काम संविधान बनाउने हो ।
जनताको ६० वर्षदेखिको चाहना तुहाउने अधिकार तपाईंलाई छैन । त्यसैले चाँडो गर्नुस् जनता नयाँ संविधानको पर्खाइमा छन् ।'
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed