मतदाता नामावली संकलकको क्यामेरा खोसियो
मेचीनगर अनलाइन
|
Friday, October 8, 2010
|
0 comments
२२ असोज, दमक । लिम्बुवानका कार्यकर्ताले स्क्यानर मेसिन र क्यामेरा खोसेर लगेपछि झापाको दमक-१५ मा फोटोसहितको मतदाता नामावली तयार गर्ने काम रोकिएको छ ।विहीबार साँझ मोटरसाइकलमा आएका लिम्बुवान कार्यकर्ताले स्थानीय पाणिनी माविमा सञ्चालित मतदाता टोलीसँग भएको स्क्यानर मेसिन र क्यामेरा लुटेर लगेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रहरीका अनुसार लिम्बुवानका कार्यकर्ताले मतदाता नामावली बनाउँदै गरेको टोलीसँग भएका कागजात पनि लुटेर लगेका छन् । घटनामा संलग्नको खोजी भइरहेको प्रहरी निरीक्षक नविन कार्कीले बताउनुभयो । यसअघि पनि लिम्बुवान कार्यकर्ताको अवरोधका कारण दमक-५ मा मतदाता नामावली तयार गर्ने काम स्थगन भएको थियो ।
मुलुक सङ्घीय राज्यमा जाने तयारी भइरहेको अवस्थामा अहिले तयार गरिने नामावलीको प्रयोजन नहुने दाबी गर्दै लिम्बुवान कार्यकर्ताले नामावली तयार गर्ने काममा अवरोध गर्दै आएका छन् ।
Filed Under: अपराध

0 comments
Trackback URL | Comments RSS Feed