बन्चरो प्रहार गरी श्रीमती र छोरीको हत्या
मेचीनगर अनलाइन
|
Saturday, October 9, 2010
|
0 comments
राजु अधिकारी, झापा, असोज २३- ज्यामिरगढी–९, गोमनसरीका रन्जु करुवाले श्रीमती सीता र दुई वर्षीया छोरी सोनियालाई बन्चरो प्रहार गरी हत्या गर्नुका साथै पाँच वर्षीय छोरा रन्जितलाई गम्भीर घाइते बनाएका छन्। शनिबार दिउसो ३ बजे रन्जुले घरमै परिवारका सदस्यमाथि आक्रमण गरेका प्रहरीले जनाएको छ। श्रीमती र छोराछोरीमाथि प्रहार गरेपछि उनले आफ्नो खुट्टामा बन्चरो हानेका थिए।
रन्जुले परिवारका सदस्यलाई हत्या गरी आफूसमेत आत्महत्या गर्न खोज्नुको खास कारण थाहा नभए पनि मानसिक असन्तुलनका कारण घटना भएको प्रहरी अनुमान छ।
Filed Under: अपराध

0 comments
Trackback URL | Comments RSS Feed