• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

भारतबाट दसैंका लागि फर्कने नेपालीहरुको ओइरो

१६ असोज, दमक । नेपालको विभिन्न जिल्लाबाट रोजगारीका लागि भारतको विभिन्न ठाउँ गएका नेपाली चाडपर्व मान्नलाई घर र्फकन थालेका छन् । मेचीनगर अनलाईनका प्रतिनीधि प्रकाश पौडेल नेपाल भारत सीमाना काकँडभिट्टा पुग्दा भारतवाट चाडवाड मान्न घर फकर्ने ओइरो लागेको भेटेका थिए ।  
भारतको कोइलाखात, दिल्ली, हरियानालगायतका ठाउँमा काम गर्न गएकाहरू नेपालको पूर्वी नाका झापाको काँकडभिट्टा बाटो भएर घर र्फकन थालेका हुन् ।
मेचीनगर अनलाईनसँगको कुराकानीमा  गुल्मी घर भएका श्यामकुमार दर्जीले आफू तीन वर्षपछि दसैँ मान्न घर फर्किएको बताउनुभयो । काँकडभिट्टा आफन्तको घरमा आइपुग्नु भएका दर्जीले आफूले काम गर्ने कम्पनीमा तीन सयभन्दा बढी नेपाली रहेकोमा एक सय जनाको बिदा मिलेकाले आफू आएको बताउनुभयो ।
दसैँको मुखमा गाडी नपाइने र तिहारमा अरू साथीलाई बिदा मिलाउनका लागि दसैँलगत्तै र्फकन छिटो घर आएको दर्जी बताउनुहुन्छ ।
अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार भारतका विभिन्न ठाउँमा काम गर्न गएका नेपालीहरू र्फकने क्रम दैनिक रूपमा बढिरहेको छ ।
सबैले दर्ता गराएर तथा कार्यालयमा सम्पर्क गरेर नेपाल नछिर्ने गरेकाले यसको तथ्याङ्क भने कार्यालयसँग छैन । नेपाल र भारतको खुला सीमानाका कारण एकिन तथ्यांक भने पाउन गाह्रो छ । कुनै पनि नेपालीले भारतमा यात्रा गर्न राहादानीको आवश्यकता पर्दैन त्यस्तै कुनै पनि भारतीयहरु नेपालमा विना इजाजत भ्रमण गर्न सक्दछन् ।
दैनिक रूपमा पचासदेखि एक सयसम्म नेपाली चाडपर्व मान्न नेपाल र्फकने गरेको बताइएको छ ।
विशेषगरी विपन्न समुदायका युवा रोजगारीको सिलसिलामा कोइलाखानीलगायतमा जोखिमयुक्त काम गर्न भारतको उडिसा, हरियाना, दिल्ली, पञ्जाब जाने गरेका छन् ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply