• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

इलामनगरपालिका देशकै दोस्रो प्लाष्टिक निषेधित क्षेत्र

कोकिला ढकाल/इलाम, १६ असोज प्लास्टिक हटाआंै, वातावरण जोगाऔ भन्ने नाराका साथ इलाम सदरमुकामलाई प्लाष्टिक मूक्त क्षेत्र घोषणा गर्दे सुक्रबार देखि प्लाष्टिक प्रयोगमा प्रतिबन्ध लगाइएको छ । प्लाष्टिक निषेधित क्षेत्र घोषणा संगै वातावरणीय प्रदुषण रोक्न इलाम नगरपालिकाले शुरु गरेको प्लाष्टिकविरोधी अभियान उलंघन गर्नेलाई कार्बाही समेत गरिने भएको छ । 
अभियानअन्तर्गत पोलिथिनको झोला निषेध गरी कपडाको
 झोला प्रयोग गर्न कपडाको झोला बिक्री गरिँदै ।



















प्लाष्टिक झोला प्रयोग गर्नेलाई दूईसय रुपैयाँ र बिक्रीगर्नेलाई  ५ सय रुपैयाँसम्म जरिवाना गर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले सात दिन सम्म प्लाष्टिक प्रयोग नियन्त्रण भएनभएको अनुगमन पनि सुरु गरेको छ ।
नगरपालिकाको अगुवाइमा नामसालिङ्ग सामुदायिक विकास केन्द्र, सिमएन आयोजना र इलाम उद्योग बाणिज्य संघले एक महिनायता थालेको प्लाष्टिक मुक्त अभियानलाई जिल्ला स्थित नेपाल पत्रकार महासंघ, खानोपानी तथा सरसफाई उपभोक्ता महासंघ, पूर्वेली ट्याक्सी व्यवसायी संघ, विभिन्न राजनितिक दल तथा अन्य संघसंस्थाले यस अघि नै ऐक्यबधता जनाइसकेकका छ । अन्य संघसंस्था र कार्यालयहरुले पनि स्वागत गर्दे ऐक्यवद्यता जनाएको नगरपालिका कार्यालयले जनाएको छ । पोलिथिन झोलालाई निरुत्साहित गर्न कागजको थु“गा, जुट र कपडाको झोला उत्पादक व्यावसायीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउने भएको छ । पोलिथिन झोलाको सट्टा जुट र कपडाको झोला प्रयोग गर्न व्यवसायीहरुलाई प्रोत्साहन रकमसमेत दिने र नगर्नेलाई कारवाही गरिने नगरपालिकाका कार्यकारी अधिकृत युबराज दाहालले बताए ।
नगर क्षेत्रका दुई जनासम्म यस्तो झोला निर्माण गर्ने व्यवसायीलाई ५० हजार रुपैयाँका दरले प्रोत्साहन रकम वितरण गर्न थालिएको नगर अधिकृत युवराज दाहालले जानकारी दिए । इलाम उद्योग बाणिज्य संघलगायत विभिन्न संघसंस्थास“ग समन्वय गरी अभियानलाई प्रभावकारी वनाइने कार्यालयले जनाएको छ । कार्यालयले सदरमुकामका व्यापारी व्यावसायीलाई पोलिथिन झोला आयात वा खरिद नगर्न र प्रत्येक पसल वा घर अगाडि अनिवार्य रुपमा डस्विन राख्न निर्देशन दिएको छ ।  
काठमाण्डौं उपत्यका पछि बढी प्लाष्टिक प्रयोगहुने मानिएको इलाम नगरपालिकामा गरिएको अध्ययनमा यहाँ दैनिक ७ सय ३० किलो प्लाष्टिक प्रयोग हुने गरेको सीम एन आयोजनाले जनाएको छ । देशका ५८ नगर पालिका मध्ये सबै भन्दा सानो रहेको इलामनगर पालिकामा सबै भन्दा बढी प्लाष्टिक प्रयोग हुने अध्ययनमा देखाइएको छ ।  
पर्यटन वर्ष २०११ लाई पनि मध्यनजर गर्दै प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिएकोले यसको अध्ययन र अवलोकनका लागि थप पर्यटकहरुको आकर्षण बढ्ने उद्योगवाणिज्य संघ इलामका अध्यक्ष भिष्म वैद्य बताउँछन् । प्लाष्टिक निषेधित क्षेत्र पर्यटकीय नगरी पोखरा पछि इलाम दोस्रो प्लाष्टिक निषेधित क्षेत्र रहेको बताइएको छ ।

फोटो फाइलः एन्टी प्लास्टिक 
कपडाको झोलाको प्रयोग गर्न प्रवर्धन गर्दै

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply