साउदी रेल दुर्घटनामा मारिने नेपालीको नाम खुल्यो, ठेगाना खुलेन
मेचीनगर अनलाइन
|
Wednesday, October 20, 2010
|
0 comments
दिनेश रेग्मी दोहा (कतार), कार्तिक ३ - साउदी अरेवियामा सोमवार भएको रेल दुर्घटनामा मारिने नेपालीहरुको नाम थाहा भएपनि ठेगाना खुल्न सकेको छैन । मारिनेहरु त्यही रेल कम्पनीको लागि काम गर्ने श्रमिकहरु भएको रियादस्थित नेपाली दुताबासले जनाएको छ । दुर्घटनामा ३ नेपाली, एक भारती र एक बंगालदेशी कामदार मारिएका थिए । एक नेपाली गम्भिर घाइते छन् ।
दुतावासका अनुसार मृतक नेपालीमा लालबाबु बैना, प्रदीप मुखिया र संजय गनगाई छन् । उनीहरुको घर ठेगाना थाहा भई नसकेको दुतावासका प्रथम सचिव खड्गप्रसाद
दाहालले बताए । उनीहरुको शब दुर्घनास्थल नजिकैको सरकारी अस्पतालमा छ ।
घाईतेमा बाँकेका नैनसिंह खड्का छन् । गम्भिर अबस्थाका घाईतेको स्थानीय अस्पतालमै उपचार भइरहेको छ । रेलको लिक मर्मतमा संलग्न ती कामदारहरु चाकलले रेल ब्याक गर्दा सोमवार विहान साढे ४ बजे लिक मर्मत गरिरहेकै अबस्थामा दुर्घटनामा परेका थिए । उक्त रेल माल बाहक थियो ।
'रेलको लिक मर्मत गरिरहेको अबस्थामा एक चालकले ब्याक गर्दा दुर्घटनामा परेर कामदारहरु मारिएको जानकारी आएको छ' प्रथम सचिव दाहालले भने, 'उनीहरुको बिस्तृत विवरण आउन बाँकी छ ।' रियादबाट पुर्वी क्षेत्रमा पर्ने होफोफुको अलहासा भन्ने ठाउँमा भएको दुर्घटनाको छानविन गर्न सरकारले समिति समेत गठन गरेको छ ।
दुतावासले घाइते खड्कासँगै एउटै कम्पनीमा काम गर्ने बाँकेका बिष्णु बुढाथोकीलाई उदृत गर्दै एक मृतक डाईनामिक ओभरसिज र अरु दुई २ जना स्काई ओभरसिजबाट साउदीमा काम गर्न आएको जनाएको छ ।
News Source : Kantipur Daily
Filed Under: परदेश

0 comments
Trackback URL | Comments RSS Feed