कतार सरकारसँगको सहकार्यमा जनचेतना कार्यक्रम सम्पन्न
मेचीनगर अनलाइन
|
Tuesday, October 19, 2010
|
0 comments
टेकेन्द्र पौडेल, कतार, १८ अक्टोबर २०१०
कतारमा कार्यरत नेपाली श्रमिकहरुवीच विभिन्न सामाजिक कृयाकलापहरुमा प्रत्यक्ष कार्य गर्दै आईरहेको नेपाल लोकतान्त्रिक मञ्च दोहा, कतार र कतार सरकारको आन्तरिक मामिला मन्त्रालय अन्तर्गत जनसम्पर्क विभागसँगको सहकार्यमा ट्राफिक नियम तथा रेसिडेन्सियल ल ४÷२००९ सम्बन्धि जनचेतना मुलक विशाल कार्यक्रम सम्पन्न्न भएको छ । अक्टोवर १५, २०१० मा कतारको दोहा सिटी प्लाजा होटलमा सम्पन्न उक्त कार्यक्रममा ट्राफिक नियम सम्बन्धी जानकारीमूलक कार्यक्रम र कतार सरकारको रेसिडेन्सियल ल ४÷२००९ सम्बन्धी जानकारी प्रदान गरी नेपालीहरुमा व्यापक सचेतना फैलाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको नेपाल लोकतान्त्रिक मञ्चका अध्यक्ष रामहरी गैरेले मेचीनगर अनलाईलाई बताए । अन्य देशको नागरिकको तुलनामा नेपाली श्रमिकहरुमा ट्राफिक र अध्यायगमन सम्बन्धी चेतनाको कमीले गर्दा दुर्घटनामा परि अकालमा मृत्युहुने तथ्यलाई मध्यनजर गरीे कतार सरकारको सम्बन्धित निकायको प्रत्यक्ष सहभागितामा नेपाल लोकतान्त्रिक मञ्चले नेपाली कामदारहरुलाई सचेत गर्ने हेतुले यो कार्यक्रम गरिएको अध्यक्ष गैरेले बताए ।
मञ्चका अध्यक्ष श्री रामहरी गैह्रेको सभापतित्व र मञ्चका सचिव रामजी गिरीद्वारा सञ्चालित उक्त कतारका लागि नेपाली राजदुत डा. सुर्यनाथ मिश्रको प्रमुख आतिथ्यमा भएको थियो । अरवी साहित्यकार मौलाना मोहम्मद रमाजान अलि मियाँले स्वागत मन्तब्य राख्नुभएको सो कार्यक्रममा विषेश अतिथिहरु हेड अफ द अलखोर सर्विसेज सेन्टरका इशा रसिद अल हुमादी, आन्तरिक मामिला मन्त्रालय अन्तर्गत जनसम्पर्क विभागका मिडिया रिसर्चर फैसल अल हुदावी, अब्दुल हलिम त्यसैगरी ट्राफिक विभागका प्रतिनिधि फाहाद अल अब्दुल्लाह र खलिफा अल सदाको समुपस्थितिका साथै अतिथिहरुमा गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सागर नेपाल, राष्ट्रिय समन्वय परिषदका अध्यक्ष नरेद्र भाट, अरवी साहित्यकार मौलाना मोहम्मद रमजान अलि मियाँ, व्यवसायी अजिजुर रहिमान शेष, नेपाल इन्जिनियर्स एसोसिएसन कतार सेन्टरका महासचिव इन्जिनियर इन्द्रराज अधिकारी, डा. देवकाजि डंगोल लगायत दोहास्थित स्थापित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थििति रहेको थियो । कार्यक्रममा विभिन्न देशीविदेशी पत्रकार, बुद्धिजिवि, महिला र कतारमा कार्यरत श्रमिकहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।
कार्यक्रममा विषेश अतिथिहरुले विभिन्न श्रव्यदृष्य सामग्रीको सहायताले ट्राफिक नियम र रेसिडेन्सियल ल सम्बन्धि प्रभावकारी जनचेतनामुलक प्रस्तुति दिएका थिए । कार्यक्रममा रेसिडेन्सियल ल सम्बन्धि उपस्थित जनसमुदायबाट प्रश्नोत्तर कार्यक्रम समेत गरिएको थियो । दोहा सिटि प्लाजा होटलको सभाहलमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि, विषेश अतिथिहरु र अतिथिहरुले नेपालीहरुको महान चाड बडादशैँको उपलक्ष्यमा शुभकामना आदानप्रदान गरेका थिए । अन्त्यमा, विषेश अतिथिहरुलाई महामहिम राजदुत डा. सुर्यनाथ मिश्रले मायाको चिनो प्रदान गर्नु भएको थियो ।
जनचेतनामुलक कार्यक्रमको समाप्तिपछि नेपालीहरुको महान चाड विजया दशमीको शुभ अवसरमा छैटाँै दशैँ मिलन समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रम नेपाल लोकतान्त्रिक मञ्चका अध्यक्ष श्री रामहरी गैह्रेको सभापतित्वमा सम्पन्न भएको थियो भने अन्त्यमा मिलनभोजको आयोजना गरिएको थियो । Filed Under: परदेश



0 comments
Trackback URL | Comments RSS Feed