अलैँची जोगाउन जाग्राम
मेचीनगर अनलाइन
|
Saturday, October 30, 2010
|
0 comments
जङ्गली जनावरले अलैँची नोक्सान गर्न थालेपछि इलामका अलैँची कृषक चिन्तित बने्का छन् । जङ्गली जनावरले अलैँची खाने र माड्ने क्रमबढेपछि किसान अलैँची बगानमा जाग्राम बस्न थालेका छन् ।
अलैँची अहिले प्रतिमन ४२ हजार रुपैयांमा विक्री हुँदै आएको छ । अलैँची जोगाउन किसानले बगानमा रातभर जाग्राम बसेर वन्यजन्तुलाई धपाउने गरेका छन् । ‘एकरात पनि बगानमा टहल गरिएन भने वन्यजन्तु सखाप पार्छन्’, जोगमाइका दिनेश महतले भने । धेरै ठाउँमा अलैँची सखाप भएकाले अहिले भने थोरै ठाउँमा मात्र उत्पादन हुँदै आएको छ । यसअघि बाँदरले बोट मात्र च्यात्ने गरे पनि अहिले भने दाना नै
खाएर नष्ट पार्ने गरेको किसानहरु बताउँछन् । अलैँची बगानमा घरका सदस्य मिले चार/पाँच जनाको एक टोली भएर बस्ने गरेका छन् । उनीहरुले जनावर धपाउन आगो बाल्ने, टिन ठटाउने र ठूलो आवाजमा रेडियो बजाउने गरेका छन् । कात्तिक अन्त्यसम्ममा अधिकांश क्षेत्रमा अलैँचीको टिपाइ सकिन्छ । बर्सेनि उत्पादन घट्दै ग्ए पनि यो पटक मूलय राम्रो आएकाले किसानलाई आशा पलाएको छ । गत वर्ष दुई हजार एक सय हेक्टर क्षेत्रमा नौ सय ६३ मेट्रिक अलैँची उत्पादन भएको कृषि विकास कार्यालयको तथ्याङ्क छ । छिर्के–फुर्के, गानो कुहिने लगायत रोगका कारण अलैँची मासिँदै गएको वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र मल्ल बताउँछन् । इलामको फिक्कलमा रहेको अलैँची विकास केन्द्रले निरोगी बिरुवा उत्पादन गरेर किसानलाई वितरण गर्दै आएको छ ।Filed Under: रिपोर्ट

0 comments
Trackback URL | Comments RSS Feed