पशुहाटमा सातामा नब्बे लाखको कारोबार
मेचीनगर अनलाइन
|
Saturday, October 30, 2010
|
0 comments
धुलावारी १४ कात्तिक/ झापाको धुलाबारीस्थित पशुहाटमा सातामा ९० लाख रुपैयांभन्दा बढीको कारोबार हुने गरेको छ । सो पशुहाटबाट सातामा दुई हजार रांगा–भैंसी, गाई गोरु र खसी–बोका विक्रि हुने गरेका छन् ।
चौपाया भारतको दार्जिलिङ, खर्साङ बङ्गलादेशमा निकासी हुने गरेको व्यवसायी बताउँछन् ।
साप्ताहिक हाटबजार तथा पशुहाटको ठेक्का बी एण्ड बी स्टोर धुलाबारीले लिएको छ । स्टोरका अनुसार सिजनमा गाई–गोरु तथा रांगा–भैंसी ८० देखि ९० लाख तथा बेसिजनमा ४० देखि ५० लाख रुपैयांको कारोवार हुन्छ । मेचीनगर नगरपालिकाले टेण्डरमार्फत पशुहाट र साप्ताहिक हाट बजार ठेक्कामा लगाएको हो । नगरपालिकाका कर निरीक्षक चक्रपाणि खनालका अनुसार नगरापलिकाले वार्षिक १६ लाख ६० हजार
रुपैयांमा हाट बजारको कर ठेक्का लगाएको छ । स्टोरका भीम शिवाकोटीका अनुसार बिक्री गरे्बापत रांगा–भैंसी, गाई–गोरु सयकडा दुई रुपैयांका दरले तथा खसी बोका प्रतिगोटा १० रुपैंयाका दरले ठेकदारलाई बुझाउनुपर्छ ।पशु चौपाया खरिदका लागि सो हाटमा अधिकांश भारतीय व्यापारी आउँछन् । पशु चौपाया निकासीमा सरकाले लगाएको प्रतिबन्ध फुकुवा भएपछि अहिले गोर निकासी गरेबापत व्यपारीले प्रतिज्ञापनपत्र छ सय ७८ रुपैयां भन्सारलार्य राजस्व बुझाउनुपर्ने मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ । सिरहा, सपतथरीबाट समेत पशु विक्रीका लागि ल्याएने गरेको स्थानीय व्यापारी कुशेश्वर चौधरीले बताए ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed