मेची क्याम्पसमा बीटीएम कक्षा सञ्चालनको तयारी
मेचीनगर अनलाइन
|
Sunday, October 31, 2010
|
0 comments
भद्रपुर १५ कात्तिक÷ चियासम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ व्यवसाय एवम् रोजगारमुलक शिक्षा दिने उद्देश्यले मेची बहुमुखि क्याम्पस भद्रपुरले आगामी शैक्षिक सत्रदेखि चारवर्षे बीटीएस टी–टेक्नोलोली एण्ड मेनेजमेन्ट (बीटीएम) को कक्षा सञ्चालन गर्ने भएको छ ।
पूर्वी क्षेत्रका जिल्लामा चियाको व्यावसायिक खेती भइरहेको भए पनि दक्ष विशेषज्ञको अभावमा व्यवसायीले आशातीत फाइदा लिन सकेका छैनन् । उक्त कक्षा सञ्चालन गर्नु अगावै पाठ्यक्रम मस्यौदा तयार गरी छलफलबाट पारित मस्यौदा त्रिविको सम्बन्धित निकायमा पेस गष्र्ने उद्देश्यका साथ मेची बहुमुखि क्याम्पसले आइतबारदेखि २ दिने गोष्ठीको आयोजना गरेको छ ।
चियासम्वन्धी स्नातकतको पढाई मुलुकभित्र नभएको र पूर्वी क्षेत्रका झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा र तेह्रथुममा जिल्लामा व्यवसाययिक रुपम खेती भइरहेकाले यस प्रकारका शिक्षाबाट दक्ष जनशक्ति तयार भई चिया उत्पादनमा वृद्धि गर्न सघाउ पुगने धारणा सहभागीले प्रकट गरेका थिए ।
पछिल्लो तथ्याङ्क अनुसार ती जिल्लामा २५ हजार बिघा जग्गामा चियाखेती भइरहेको छ । वार्षिक एक करोड ५१ लाख ६८ हजार केजी तयारी चिया उत्पादन हुन्छ । चियासम्बन्धि उच्च शिक्षाको पढाइका लागि भारत जानुपर्ने र पढाइ खर्च पनि महँगो हुने गरेको अवस्थामा भद्रपुर क्याम्पसमा पढाई सुरु भए समयोचित हुने विचार सहभागिहरुले राखेका छन् ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed