• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

पाकिस्तानी आतंककारीहरुको विराटनगरमा प्रशिक्षण

विराटनगर १५ कात्तिक÷ पाकिस्तानमा आश्रम बनाएर रहेका आतंककारीका केही सदस्यले विराटनगरमा शनिबारदेखि भूमिगत बैठक गरिरहेका छन् । 
जबमु कश्मिरमा आन्दोलन गर्दै आएको समूहका सदस्यहरु सिलगुढीबाट काँकडभिट्टा हुँदै विराटनगर आएर बैठक गरेको जानकारी समाचार स्रोतले मेचीनगर अनलाईलन दिएको छ । १७ जनाको व्यक्तिहरु विराटनगरमा आएर पिचराका नेपािली मुलका एक वयक्तिको घरमा बसेर शनिबारदेखि बैठक गरेको स्रोतले बतायो । घर वरपर आन्तरिक सुरक्षाको बन्दोबस्तु तिनै नेपाली मूलका मानिसले गरेका छन् । सौ बैठकका बारे मोरगंका कुनै सुरक्षा निकायलाई जानकारी समेत छैन या छानकार िभएर पनि कसैले सोधी खोजी नगरेको स्रोतले बतायो । 

बैठकमा करिम उमर मदनी नाम गरेका व्यक्तिले नेपालका सीमावर्ती क्षेत्रका मुख्य शहरहरु विराटगर, बुटबल, सुनौली काकडभिट्टा, नेपालगञ्ज र महेन्द्रनगरको नक्शा कोरेर ऊर्दु भाषामा सहभागीहरुलार्य प्रशिक्षण दिएको स्रोतले बतायो । सो समयमा उनीहरुले भारतको कुन–कुन ठाउँबाट रेल चल्छ भनेर त्यहीँका केही बासिन्दालाई पनि सोधेको स्रोतले बतायो । मदनी यस अघि आतंककारी संगठन लस्कर ए तोष्वाका नेपाल प्रमुख भनी भारतले पक्राउ गरेका उमर मदनीका भतिजा भएको स्रोतले बतायो । हाल भारतको तिहाड जेलमा रहेका मदनीको फोटो पनि यो बैठकमा टाँसिएको स्रोतले बताएकमो छ । सहभागि मध्धेका चार जना मात्र मुस्लिम भेषमा , लामा दाह्री कुर्ता सुरुवालमा थ्एि, बाँकी सबै सर्ट, पेन्ट लगाएका थिए । उनीहरु दिनभरी बैठक मै बस्ने र साँझ परेपछि कालोशिशा भएको ागडीमा चडेर हिड्ने र राती १० बजे फर्कर्ने गरेको समेत स्रोतले जनाएको छ । उनीहरुले एउटा भारतको बंगालको नम्बर प्लेट भएको बाहेक अरु ती वटा नेपाली नम्बर प्लेट भएको गाडी प्रयोग गरेको स्रोतले बतायो । छिमेकी देश विरुद्ध नेपाली भूमि प्रयोग भएको अवस्थामा पनि नेपाली सुरक्षा निकाय भने बेखवर बसेको छ । पूर्वाञ्चलका प्रहरी प्रमुख जुवाडेको रकम असुल्ने कार्य मै लागेका छने भने राष्ट्रिय अनुसन्धान र प्रहरीकै घुमुवाहरु पनि तिहार खर्च जुटाउनमै लागेकाले आपराधिक गतिविधी गर्नेहरु सक्रिय हुन थालेका छन् । 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply