भारतसँगको निर्यात व्यापारमा बृद्धि
मेचीनगर अनलाइन
|
Wednesday, October 20, 2010
|
0 comments
विराटनगर । सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगबाट आथिर्क वर्ष ०६६ र ६७ मा तीन अर्ब भन्दा बढीको भारतसँगको निर्यात व्यापार वृद्धि गरेको छ । व्यापार प्रवद्र्धन केन्द्र पूर्वाञ्चल क्षेत्रीय कार्यालयका अनुसार उक्त अवधिमा भारतसँगको निर्यात व्यापार दुई अर्ब ५३ करोड ७२ लाख ५२ हजार २६४ ले वृद्धि भएको जनाएको छ । मोरङ सुनसरी औद्योगिक क्षेत्रका उद्योगले सोही अवधिमा भारतसँग १६ अर्ब १७ करोड ८१ लाख २४ हजार ३ सयको कारोबार गरेका छन् । गत वर्ष १३ अर्ब ६४ करोड आठ लाख ७४ हजार ४० निर्यात भएको थियो ।
सुनसरी, मोरङ औद्योगिक क्षेत्रका उद्योगबाट भारतमा सबैभन्दा बढी जिआई पाइप, जिआई वायर र जिपी सिट, जुट हेसियन, जुट सेकिन, जुट ट्वाइन, लुगा धुने साबुन, तार, बाँसजन्य सामग्री, कालो पाइप, ब्रासिट तामाको तार, कपरजन्य सामग्री निर्यात भएको केन्द्रका पूर्वाञ्चल प्रमुख गौरव कार्कीले बताए । यस्तै इनामेल, वायरिङ वायर, छालाजन्य सामग्री, मार्वल मलासिस, चाउचाउ, प्लास्टिकका कुर्सी, चिया, जुत्ता, पीपी ओभ, प्लास्टिकको बोरालगायतका सामग्री निकासी भएको केन्द्रले जनाएको छ । तेस्रो मुलुकमा भने तयारी पोसाक, छाला, चाउचाउ र चिया मात्र निकासी भएको छ । भारतसँगको निर्यात व्यापारमा सबैभन्दा बढी आरती
सेफ्टी टंकि मेसिनरीबाट गत वर्षभन्दा १ करोड ३१ लाख ५ सय ८८ को सामग्री निर्यात भएको छ ।आथिर्क वर्ष ०६५ र ६६ मा पाँच अर्ब २८ करोड १० लाख २६ हजार ४ सय ३५ को सामग्री निर्यात गरेकोमा गत वर्ष बढाएर रु छ अर्ब नौ करोड ४१ लाख २७ हजार ३० पु¥याएको सेफ्टीसका प्रमुख कार्यकारी अधिकृत रोशित उन्नायनले बताए । कम्पनीले उत्पादन गरेको जिआई वायर र जिपी सिट नेपाल र भारतको पहाडी क्षेत्रमा ज्यादै लोकप्र्रिय रहेको छ । मोरङ व्यापार सङघका अध्यक्ष महेश जाजुका अनुसार ब्रोडगेज लाइनको विस्तारले भारतसँगको निर्यात व्यापार वृद्धि भएको हो ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed