कम्पनीबाट निकालिए ९ नेपाली श्रमिक
मेचीनगर अनलाइन
|
Wednesday, October 20, 2010
|
0 comments
सुमन के.सी./जोहर जोहोरबारुको तिब्राउस्थित चियोडा ईन्डष्ट्रिज एसडिएन/बिएचडीका ९ जना नेपाली कामदारहरुलाई कम्पनीले कामबाट निकालिदिएको छ । बिगत ९ महिनादेखि उक्त कम्पनीमा कार्यरत उनीहरुलाई गत अक्टोवर १ तारीखदेखि काम नदिएपछि हाल उनीहरु कन्ट्रयाक कम्पनीको अफिस के.एल. कोतादमनशारास्थित होष्टलमा बसिरहेका छन् । बिराट ओभरसिजबाट १० महिनाअगाडि के.एल.को टोनाक टिम्बर एसडिएन/बिएचडीमा कन्ट्रयाक भिषामा आएका उनीहरुलाई आएदेखि नै जोहोरबारु तिब्राउको उक्त कम्पनीमा काम लगाइएको तर सम्झौता बमोजिम तलब सुविधा शुरुदेखि नै नपाएको गुनासो पीडितहरुले गर्दै आएका छन् । केही महिनाअगाडि दूताबासमा आफ्नो गुनासो राख्दासमेत कुनै सुनुवाई नभएको उनीहरुले बताएका छन् । हाल कम्पनीले सामान्य दाल, भात खान दिएर होष्टलमै राखेको छ । कामदिन नसक्ने भए घ
र पठाइदिन पीडितहरुले अनुरोध गर्दा पनि कम्पनीले आर.एम. २८ सय माग गरेकोले उनीहरु थप समस्यामा परेका छन् । यही २० अक्टोवरका दिन उनीहरुमध्ये ७ जनालाई उक्त होष्टलबाट सारेर अन्यत्र लगेको भए तापनि उनीहरुलाई काम दिए नदिएको बारेमा केही थाहा हुन नसकेको जानकारी हाल सो होष्टलमा काम न दामको अवस्थामा दिन बिताइरहेका सप्तरी जिल्ला राजबिराज– ५ का शिवराम मण्डल र राधे मण्डलले दिएका छन् ।Filed Under: परदेश

0 comments
Trackback URL | Comments RSS Feed