• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

लिविया अलपत्र वनाइएका परिवारमा दसैं खल्लो

पर्वत पोर्तेल, काँकडभिट्टा, आश्विन ३० - अफ्रिकन मुलुक लिविया अलपत्र वनाइएका झापालीका परिवारले आफन्तलाई तत्काल उद्धार गरी स्वदेश फर्काउन सरकारसँग माग गरेका छन् ।

त्यहा अलपत्र घैलाडुवा झापाका राजेश भुर्तेलकी पत्नी अन्जनालगायतले त्यस्तो आग्रह गरेका हुन् । अन्जनाले भन्नुभयो, 'जसरी हुन्छ सरकारले अलपत्रलाई उद्धार गरेर सकुसल स्वदेश फर्काउन पहल गर्नुपर्छ ।' सुरुंगा ४ कि उर्मिला खड्काले पनि आफ्ना पतिको सकुशल उद्धार गर्न सरकारसंग
माग गरेकी छन् । लिवियामा आफन्त अलपत्र वनेका परिवारको यो वर्षको दशै पनि खल्लो बनेको छ । खड्का भन्छिन्, 'उहाँ हुँदा निक्कै रमाइलो हुन्थ्यो, यहा नै नहुदा नरमाइलो लागि रहेको छ ।'

उनका पति ढकालवहादुर विगत केही महिनादेखि लिवियामा अलपत्र वनेका छन् । भुर्तेलसहित गोल्धापका श्रवण शिवाकोटी, विजय राई, डिल्ली सिटौला, वुद्धकुमार लिम्वु, उमाकान्त खतिवडा, सुर्यवहादुर लिम्वु, देवराज मेचे, लीलावहादुर श्रेष्ठ, श्यामबहादुर खड्कालगायतका दर्जन वढी झापालीसहित दुई दर्जन जति लिवियामा अलपत्र छन् ।

गत चैतमा विर्तामोडको एड्भान्चर मेनपावरमार्फत उनीहरु लिविया गएका थिए । तर, कम्पनीले सम्झौता अनुरुप तलव नदिएपछि नेपालीले आन्दोलन गरेका थिए । आन्दोलन गरेकै कारण उनीहरुलाई खान पनि नदिई राखिएको पीडितले जनाएका छन् ।

News Source : Kantipur

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply