दशैमा दशा, घरसँगै १ लाख ८ हजार नगद जलेर नस्ट ।।
मेचीनगर अनलाइन
|
Friday, October 15, 2010
|
0 comments
रविन भट्टराई÷ताप्लेजुङ, असोज २९,
जिल्लाको फावाखोला गाविसमा हिजो एक घर जल्नुको साथै घरमा राखिएको नगद १ लाख ८ हजार समेत जलेर नष्ट भएको छ ।
वार्ड न.ं १ का वुद्धराज लिम्वुको घरमा विहान ६ वजे अकस्मात आगालागी भएको थियो । आगालागीवाट घर जलेर पुर्ण नष्ट भएको छ भने लिम्बुको छोराले विदेशबाट पठाएको नगद १ लाख र स्थानिय महिला आमा समुहले जम्मा गरेको ८ हजार समेत जलेको स्थानिय खगेन्द्र
खड्काले जानकारी दिनुभयो ।
आग्लागि परी घरमा राखिएका भाडाँकुडा, लत्ताकपडा समेत गरि करिव २ लाख मूल्य वरावरको क्षति भएको छ । लिम्बुका परीवार अहिले बारीमा झुप्रो बनाई बसेका छन् ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed