• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

अश्लील वेबसाइट बन्द गर्न सहकार्य

काठमाडौं, असोज २६ (नागरिक) - गृह मन्त्रालय र दूरसञ्चार प्राधिकरण मिलेर इन्टरनेटका अश्लील साइटहरु बन्द गर्न सहकार्य थालेका छन्। प्राधिकरणको शुक्रबारको बैठकले अश्लील इन्टरनेट साइटहरुलाई बन्द गर्न दुई निकायहरु मिलेर विशेष डेस्कको व्यबस्था गर्ने निर्णय गरेको छ।

'अश्लील साइटका बारेमा सूचना संकलन गर्न गृह मन्त्रालयसँग मिलेर विशेष कार्यक्रम सुरु गर्दैछौं,' प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले भने।

दुई निकाय मिलेर कुन साइट अश्लील हुन् कि होइनन् भनेर पत्ता लगाउन विशेष कार्यदल गठन गर्ने सहमति भएको छ। 'यो कार्यदलले अश्लील साइटहरुको बारेमा विवरण संकलन गरेर बन्द गर्न सेवा प्रदायकहरुलाई निर्देशन दिनेछ,' न्यौपानेले भने।



कुन साइट अश्लिल हुन् या होइनन् भनेर अहिले व्यापक रुपमा छलफल सुरु भएको छ। कसैलाई अश्लील भनेको साइट चिकित्सा क्षेत्रमा उपयोगी हुन सक्ने भएकोले त्यस्ता साइट बन्द गर्नुअघि धेरै विश्लेषण गर्नुपर्ने भएकोले सरोकारवालासँग सुझाव लिएर मात्र बन्द गर्ने प्रकृया थालिने न्यौपानेले बताए।



'छिट्टै सरोकारवाला, सर्वसाधारणसँग कुन साइट अश्लील हुन् र तिनीहरुले समाजमा पार्ने असरका बारेमा सुझाव मागिदैछ,' उनले भने। सुरुमा सार्वजनिक साइबर क्याफेमा यस्ता साइट नचल्ने गरी रोक्ने योजना प्राधिकरणको छ। त्यसपछि बालबालिकालाई असर गर्ने अश्लील साइटमा कडाई गर्ने योजना पनि प्राधिकरणले बनाएको छ।



'समाजमा असर पार्ने साइट बन्द गर्नुपर्नेमा हाम्रो आपत्ति होइन,' इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष विनय बोहोराले भने। सरकार र प्राधिकरणले तोकेर बन्द गर्न निर्देशन साइट सेवा प्रदायकहरुले तुरुन्तै बन्द गर्ने उनले बताए।

यसअघि प्राधिकरणले अश्लील साइटहरु बन्द गर्न फिल्टर सफ्टवयर प्रयोग गर्न सेवा प्रदायकहरुलाई निर्देशन दिएको थियो। फिल्टर सफ्टवयर निकै महंगो पर्ने भएकोले सेवा प्रदायकहरुले प्रयोग गर्न नसकिने सुझाव दिएका थिए।
News Source : Nagariknews

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply