सवारी पल्टिदा ४ घाइते
मेचीनगर अनलाइन
|
Saturday, October 16, 2010
|
0 comments
पर्वत पोर्तेल, २०६७ आश्विन ३०, काँकडभिट्टा- पुर्ववाट पश्चिमतिर जाँदै गरेको एक सवारी शनिवार दिउँसो १२ वजे झापाको मेचीनगरमा पल्टिदा ४ यात्रु घाइते भएका छन् ।
काँकडभिट्टाबाट पश्चिमतिर हिडेको मे १ ज ८८९ नम्वरको म्याजिक गाडी अनियन्त्रित भई मेचीनगर १० पुरानो भन्सारमा पल्टिएको थियो । घटनामा मेचीनगर ११ वस्ने पवित्रा तिम्सिना, सोही स्थानकी झरना लिम्वु लगायत ४ जना घाइते छन् । अन्यको नाम खुल्न नसकेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । सवैको धुलावारीस्थित आम्दा मेची अस्पतालमा उपचार भइरहेको छ ।
घटनामा संलग्न सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन् । प्रहरीले ओवर लोडका कारण गाडी पल्टिएको जनाएको छ ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed