• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

अरुणपूर्वका नौ जिल्ला बन्द

मंसिर १५ / संघीयता र लिम्बुवान गणराज्य सुनिश्चितताका लागि भन्दै मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्यपरिषद्ले आज अरुणपूर्वका नौ जिल्ला आमहडताल आह्वान गरेको छ। परिषद्ले बन्दको पूर्वसन्ध्यामा मंगलबार  नौ जिल्लाका विभिन्न स्थानमा मसाल जुलुस प्रदर्शन गर्‍यो।
बन्द समयको विर्तामोडको मुक्ति चोकमा देखिएको सुनसान । तस्विर प्रकाश पौडेल 
ठूला दल सत्तामोहको कारण लिम्बुवान राज्यसहितको संघीयता, नयाँ संविधान लगायतका प्रमुख मुद्दाहरु ओझेलमा परेकाले सुनिश्चितताका लागि खबरदारी गर्न हडताल गरिएको जिल्ला अध्यक्ष डम्बर खजुमले बताए।

यसअघि परिषद्ले मंसिर १ गते नौ जिल्लाको जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो भने १० गते लिम्बुवान क्षेत्रमा १० हजार कालोझन्डा गाडेको थियो।
यसैगरी, मंसिर २९ र फागुन २९ गते १२ घन्टा भोकहडताल गर्ने परिषद्को कार्यक्रम छ। माग पूरा नभएसम्म हरेक महिनाको १५ गते बन्द गर्ने कार्यक्रम पनि परिषदले सार्वजनिक गरेको छ।
यसरी बन्द भनिए पनि पूर्व पश्चिम राजमार्गमा निजी सवारी साधनहरु निर्वाध रुपमा सञ्चालनमा रहेका छन् । यो समाचार तयार पार्दासम्म कुनै पनि सवारीसाधनमाथि भौतिक क्षति भएको छैन । अहिले नेपालको पूर्वी क्षेत्रमा भ्रमण आउनेहरुको संख्या अत्याधिक भएको हुनाले शैक्षिक भ्रमणका साधनहरुमा रोक लगाइएको छैन । स्थानिय पसलहरु भने पुरै बन्द रहेका छन् । शिक्षणसंस्थाहरु केही खुलेतापनि अधिकांश बन्द नै रहेका छन् । आज विहान भने विर्तामोड क्षेत्रका सवै कलेजहरु बन्द नै भए । 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply