• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

गहुँखेतीप्रति कृषकको रुचि घट्दो


१६ मंसिर, झापा । पछिल्लो समय झापामा गहुँखेतीप्रति कृषकको रुचि घट्दै गएको छ ।
जिल्ला कृषि विकास कार्यालय झापाका अनुसार केही वर्षअगाडि सम्म १४ हजार हेक्टर क्षेत्रफलमा गरिँदैआएको गहुँखेती यसवर्ष ११ हजार ५०० हेक्टर क्षेत्रफलमा मात्रै कृषकहरूले खेती गर्ने तयारी गरिरहेको कार्यालयका प्रमुख रामप्रसाद गौतमले जानकारी दिनुभयो ।
पर्याप्त सिँचाइको अभाव, कृषि मजदुरको अभाव, बीउबिजन समयमा उपलब्ध नहुनु, सालिन्दा प्रतिकूल मौसमका कारण कृषकले सोचेजति आम्दानी लिन नसक्नुले सालिन्दा झापामा गहुँखेती घट्दै गइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
पश्चिमी झापाको शिवजन्ज, पाँचगाछी, सताशीधाम, महाभार, दमकलगायतका क्षेत्रमा गरिँदैआएकेा गहुँखेती कन्काई सिँचाइ आयोजना मर्मतका कारण पनि सिँचाइको अभावले कृषकले कमै मात्र क्षेत्रफलमा गहँ खेती गर्ने गरेका हुन् ।
सरदर २.१ टन उत्पादन हुँदै आएको गहुँ यस वर्ष अघिल्लो वर्षको तुलनामा पाँचदेखि सात प्रतिशतसम्म उत्पादन घट्ने कार्यालयका प्रमुख गौतमको अनुमान छ ।
नेपालमा उत्पादित बिएल २७३, २३० र एनएल २९७ प्रजातिका गहुँ भारतको केही जिल्लामा राम्रो उत्पादन हुने भएकाले भारतीय कृषकले बीउको सिजनमा चर्को मूल्य तिरी खरिद गरेका कारण गुणस्तरीय बिउको अभावमा दिनानुदिन गहुँखेतीप्रति कृषको रुचि घट्दै गइरहेको हो ।
यस वर्ष जिल्ला कृषि विकास कार्यालय झापाले कृषकका लागि पाँच टन बीउ वितरण गर्ने तयारी गरिरहेको समेत कार्यालयका प्रमुख गौतमले जानकारी दिनुभयो । 
Source :- रासस

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply