• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

पूर्वाञ्चलबाट पनि टिभी प्रशारण

पूर्वाञ्चलवाट पहिलो पटक मकालु टेलिभिजनको प्रसारण शुभारम्भ भएको छ ।  
विहिवार साँझ ७:५५ बजे मकालु मिडिया प्रा. लि. का अध्यक्ष शिवप्रसाद घिमिरेले टेलिभिजनको परिक्षण प्रसारणको शुभारम्भ गर्नुभएको हो । 
टेलिभिजन मार्फत प्रत्यक्ष सम्वोधन गर्दै अध्यक्ष घिमिरेले मकालु टेलिभिजन सूचना अभिप्रेरणा शिक्षा र मनोरञ्जन प्रदान गरी पूर्वाञ्चलवासीको सूसुचित हुने अधिकारलाई स्थापित गर्ने साझा टेलिभिजन हुने विश्वास ब्यक्त गर्नुभयो । 
मकालु टेलिभिजन केवल र टेरेस्टरियलको माध्यमवाट प्रसारणहुने कार्यकारी प्रमुख धर्मराज ढकालले वताउनु भयो ।
राष्ट्रिय टेलिभिजन च्यानलमा खासै पहँुच नभएका पूर्वाञ्चलवासीका लागि टेलिभिजन गर्वको बिषय पनि हुने उहाँले उल्लेख गर्नुभयो । 

मकालु टेलिभिजनलाई यहाँसम्म ल्याई पु¥याउन हरतरहबाट सहयोग गर्ने सबैप्रति अध्यक्ष घिमिरेले आभार ब्यक्त गर्नुभयो । 
१८ जना संस्थापकहरुबाट सुरुवात भएको टेलिभिजनमा नेपालका सफल उद्यमी ब्यवसायी, केवल ब्यबसायी तथा सञ्चारकर्मीहरु संलग्न छन् । मकालु टेलिभिजनको सञ्चालक समितिको अध्यक्षमा घिमिरे, सदस्यहरुमा दिनेश सुवेदी, भोलेश्वर दुलाल, शिवकुमार डाँगी, तथा सदस्य सचिव धर्मराज ढकाल रहनुभएको छ । 
 टेलिभिजनले सूचना, शिक्षा र मनोरञ्जनात्मक कार्यक्रम प्रसारण गर्ने लक्ष्य लिएको छ ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

2 comments

Trackback URL | Comments RSS Feed


  1. समाचार अपुरो भएन र ?
    पूर्वाञ्चलबाट पनि टिभी प्रशारण???? तर कुन ठाउबाट (स्थान )त्यो प्रशारण भएको'छ ? किन खुलाउन उचित ठान्नु भएन कि क्या हो ? कि हाइलाइट गराउन टाइटल मात्र सजाउनु भएको हो ? कत्रो उत्सुकता पुर्बक समाचार हेरेको त ... कुन ठाउ मा रहेछ भनेर ..तर समाचार पढेर पनि बेखबर भएर बस्नु पर्छ भने समाचार पढ्नु को के मतलब !
    ---------
    पाठकहरुलाई असन्तुष्टी बनाउने कोसिस नगर्नुहोस !धन्यबाद !
    (सरि है मैले कमेन्ट गर्दा -मनमा लागेको कुरा गरे है !)

     

  2. बेदनाथ पुलामी (उमेस) जी समाचार अपूर्ण भएकोमा क्षमा माग्दछौ । मकालु टेलिभिजनको मुख्य कार्यलय सुनसरीको ईटहरी ५ स्थीत पचरुखी चोकमा रहेको छ ।

     

Leave a Reply