बोट भरी लटरम्म फलेका सुन्तलाले बजार नपाउँदा बाड्न बाध्य
मेचीनगर अनलाइन
|
Thursday, November 4, 2010
|
0 comments
रविन भट्टराई/ताप्लेजुङ कात्तिक १८, ताप्लेजुङ खेजेनिमका विकास पौडेल आफ्नो बारीभरी लटरम्म फलेको सुन्तला गाउँका साथी भाई र छिमेकिलाई बाँडेर र घरमा आएका पाहुनालाई कोशेलि स्वरुप दिएर सक्ने गर्छन । आफ्नो लगनसिलता र मेहनतले फलाएको सुन्तला साथिभाईलाई बाड्नु उनको रहर नभई बाध्यता भएको छ यतिखेर । बोट भरी लटरम्म फलेका सुन्तलाले बजार नपाउँदा विकास यसरीनै सुन्तला बाड्न बाध्य छन् ।
| कृषक विकास पौडेलको करेसा बारीमा लटरम्म फलेको सुन्तला । Photo :-Rabin |
ताप्लेजुङ सदरमुकाम फुङ्लिङ्गबाट एक दिनको पैदल यात्रा तय गरी पुग्न सकिने खेजेनिममा जिल्लाका अरु गाविसको तुलनामा स्वादिलो र प्रसस्त मात्रामा सुन्तला पाईन्छ, तर नजिकै बजार नभएको कारण र मोटर बाटो समेत नपुग्दा यहाँका विकास मात्र हाईन्न अधिकांस किसानको सुन्तला बाँडेर र बोटबाट झरेर नै सकीने गरेको छ ।
“के गर्ने बारीमा सुन्तला हुन्छ भनेर प्रसस्त सुन्तला लगाईयो राम्ररी फलेको पनि छ तर बजार अभावमा लाखैँ मुल्य साट्ने सुन्तला त्यसै खेर गएको छ,” विकास भन्छन् बाटो र बजार नहुँदा धेरै दुख पाईयो । उनले आफ्नो करेसाबारीमा दुइ सय झाङ्ग सुन्तला लगाएका छन् र सबै बोटमा हाँगानै भाचिने गरी सुन्तला फलेका छन् । सदरमुका नजिकै हुनुहो भने उनि आफ्नो सुन्तलाले घटिमा पनि यो समयमा एक लाख साट्ने बताउछन् ।खेजेनिम गाविस बाट दुई घण्टाको दुरीमा कञ्चनजंघा बेस क्याम्प जाने बाटो र स– साना पसल रहेका छन् र सो स्थानका केहि पसलमा केहि मात्र सुन्तता विग्ने गरेको छ । केहि वर्ष अ गाडि एकिकृत नेकपा माओवादिको सरकारको समयमा खेजेनिम गाविसलाई नमुना गविसको रुपमा विकास गर्न धेरै लगानि पनि नभएको भने होईन । सबै गाउँका घर घरमा जाने बाटोमा ढुङ्गा विक्षाएर फराकिलो बाटो समेत बनेको भए पनि सो स्थानमा पर्यटकीय क्षेत्र नभएको कारण आन्तरीक तथा बाह्य पर्यटक समेत कमै मात्र पुग्ने गरेका छन् ।
यो गाविसको मौषम र माटो सुन्तला खेतिका लागि सुहाउने भएको र प्रसस्त मात्रामा सुन्तला उत्पादन हुने भएको कारण र सुन्तला खेतिलाई यहाँका किसानले प्राथमिकता दिएका ले यो गाविसलाई एक पर्यटकिय गाविस बनाउन सम्बन्धित सबैको ध्यान जानुपर्ने यहाँका स्थानिय बासिको माग रहेको छ
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed