बच्चा पेटमै ढुंगा बनेपछि
मेचीनगर अनलाइन
|
Saturday, November 27, 2010
|
0 comments
एउटी चिनियाँ वृद्धाले ६० वर्ष लामो गर्भाधानपछि ढुंगाको बच्चा जन्माएकी छन्। चीनको दक्षिणी भेगकी बासिन्दा ९२ वर्षीया हुवाङ यिजुनले मानव, तर ढुंगा बनिसकेको बच्चा जन्माएकी हुन्। उनको भनाइअनुसार सन् १९४८ मा उनी गर्भवती भएकी थिइन्। र, बच्चा पेटभित्रै मरेको थियो, तर आर्थिक विपन्नताका कारण मरेको बच्चा झिक्न सकिएन। पेटभित्रै रहेको बच्चा कडा हुँदै पछि ढुंगामा परिणत भयो। चिकित्साविज्ञानले यस्तो
केसलाई लिथोपेडियन भन्ने गरेको छ। जर्नल अफ रोयल सोसाइटी अफ मेडिसनमा प्रकाशित स्वास्थ्य समाचारअनुसार विश्वमा यस्तो घटना दुई सय ९० वटा फेलापरिसकेका छन्।
Filed Under: रोचक प्रसंग

0 comments
Trackback URL | Comments RSS Feed