झापामा पनि बोक्सीको आरोपमा यातना
मेचीनगर अनलाइन
|
Tuesday, November 16, 2010
|
0 comments
विर्तामोड १ मंसिर/पश्चिम नेपालका जिल्लामा महिलालाई बोक्सी आरोपमा यातना दिइएका घटना नौला छै्रनन् । मध्य तराईका जिल्लामा पनि बोक्सीको अन्धविश्वासले ठाउँ छोडेको छैन तर, शिक्षित र सचेत मानिस बसेको जिल्लाको रुपमा परिचित झापामा पनि महिलालाई बोक्सीको आरोप लगाएर मानसिक र शारीरिक यातना दिएको घटना सार्वजनिक भएको छ ।
समाज र छरछिमेकमा बालबच्चा बिरामी भए वा तिनको मृत्यु भए बोक्सी लागेको भ्रम फैलाएर महिलामाथि अन्याय गरिने गरेको छ । यस्तै अन्यायको शिकार भएकी छन् झापा चारपाने ३ की ईश्वरी राजवंशी । स्थानीय दिपु चौधरीको तीन महिनाको गर्भ तुहिएपछि ईश्वरीलाई बोक्सीको आरोपमा सोमबार कुटपिट गरिएको छ । ५८ वर्षिया ईश्वरीलाई स्थानीय हर्क चौधरी लगायतले हातपात गर्दै कुटपिट गरेको पीडितका श्रीमान तेजनारायण चौधरीले बताएका छन् । ‘अन्धविश्वासको अगाडी केही नलाग्दो रहेछ’, मोहनमाया विद्यालय व्यवस्थापन समितिका सदस्य समेत रहेका राजवंशीले भने, ‘कसैको बच्चा बिरामी हुँदैमा र गर्भ तुहिँदैमा महिलालाई बोक्सीको आरोपमा यातना दिन थालियो भने कति महिला मुछिएलान् ?’
यसअघि आइतबार राति केही गाउँलेले राजवंशीको घर घेराऊ गरी आक्रमण प्रयास गरेका थिए । घटनापटि सोमबार आयोजित छलफलका क्रममा ईश्वरीमाथि कुटपिट गरिएको हो । गाउँलेको समूहले स्थानीय कृष्ण राजवंशी र उनको श्रीमती देवीलाई पनि कुटेको छ । ईश्वरीको समर्थनमा बोलेको भन्दै उनीहरुमाथि मुक्का प्रहार गरिएको हो । कुटपिट पछि पीडित परिवारले स्थानीय जमुना राजवंशी, हर्क चौधरी, दिपु चौधरीलगायतविरुद्ध इलाका प्रहरी कार्यालय विर्तामोडमा किटानी जाहेरी दिएको छ । व्यक्तिगत सुरक्षा र बोक्सी आरोप प्रमाणित गर्न चुनौती दिदै दोषिमाथि कारबाहीका लागि जाहेरी दिइएको पीडित पक्षले मेचीनगर अनलाईनका विर्तामोड प्रतिनिधी प्रकाश पौडेललाई फोन सम्पर्क गरी बताएका छन् । दोषी भनिएकाहरुलाई मंगलबार अबेरसम्म प्रहरीले प्रक्राउ गरेको छैन ।
Filed Under: अपराध

0 comments
Trackback URL | Comments RSS Feed