एसएसबीद्वारा पर्यटकमाथि दुव्र्यवहार
मेचीनगर अनलाइन
|
Tuesday, November 16, 2010
|
0 comments
इलाम १ मंसिर/ इलामको पर्यटकीयस्थल सन्दकपुर पुगेको पर्यटकलार्य भारतीय सीमा सुरक्षाबल एसएसबीले लखेटेको छ । त्यस क्षेत्रका मनमोहक दृश्य अबलोकन गर्न एकसात अघि त्यहाँ पुगेका फिन्ल्याण्डका पर्यटक एसएसबीको दुव्र्यवहारको शिकार भएका हुन् ।
फिनल्याण्डका हेइडी डुनडेल, बिजोन अब्राहमसन र उनका आमाबुबा लिना, डिक अब्राहमसन र साथमा टिसेकमा कार्यरत भूपेन भट्टराईसमेतको टोली गत कात्तिक २२ गते सन्दकपुर गएका थिए । सन्दकपुर जाँदा भारतीय भूमिमा रहेको बाटो पनि प्रयोग गर्नुपर्ने भएकाले भारतीय भिसा नहुँदा पर्यटकमाथि दुव्र्यवहार भएको साथमा रहेका नेपाली नागरिक भूपेन भट्टराईले मेचीनगर अनलाईनलाई टेलिफोन मार्फत जानकारी दिएका छन् । उनी फोनमा भन्छन् ‘पर्यटकलाई एसएसबीले भिसा माग्यो तर उनीहरुले भिसा बोकेका थिएनन्, सायद त्यसैले होला १० मिनेटमा सन्दकपुर छाडेर जाऔँ नत्र जेल पठाईदिन्छु भन्ने धम्की दिएको’ ।
भारतले हरेक तीन किलोमिटरमा एसएसबी क्याम्पस राखे पनि नेपालतर्फ सुरक्षा चौकी नभएकाले पनि पर्यटकले दुःख पाउने गरेका छन् । सीमावर्ती क्षेत्रमा भारत भएर आउने पर्यटकले भने नेपालतर्फको सडक प्रयोग निर्वाधरुपमा गरिरहेका हुन्छन् ।
Filed Under: अपराध

0 comments
Trackback URL | Comments RSS Feed