• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

पुर्वि नेपालमा फेरी आन्दोलन

सञ्जीव चापागाई झापा, १२ मंसिर
लिम्वूवान  राज्यको माग सहित पुर्वि नेपालमा आन्दोलनरत मञ्च सम्वद्ध संघिय लिम्वुवान राज्य परीषदले एक महिने नया आन्दोनल सुरु गरेको छ । सोहि क्रममा परिषदका कार्यकर्ताहरुले अरुण पुर्वका नौ जिल्लामा कालो झण्डा गाडेका छन। निर्णायक आन्दोलनका लागि भन्दै परिषदले थालेको सर्ंर्घसका कार्यक्रम अनुसार अरुण पुर्वका नौ वटा जिल्लाका विभिन्न स्थानमा ५ हजार वढी झण्डा गाडिएको परीषदले जनाएको छ ।
एकल राज्य संरचनाको विरोधमा आज जील्ला सदरमुकाम सहित प्रमुख सहरी क्षेत्रमा कालो झण्डा गाडीएको परीषदका प्रचार विभाग प्रमुख लोकसागर साम्वाले जानकारी दिनुभयो ।

परीषदले मंसिर २ गते सरकारलाई विभिन्न १० वुदे ज्ञापन पत्र वुझाउदै मंसिर १० गतेबाट निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको थियो ।सोहि अनुसार एक महिने नया कार्यक्रम सुरु गरीएको साम्वाले जानकारी दिनुभयो ।
परिषदको पुर्व निर्धारीत कार्यक्रम अनुसार मंसिर १४ गते राकेजुलुस गर्ने, १५ गते प्रस्तावीत लिम्वुवान क्षेत्र वन्द गर्ने र २९ गतेबाट अनिश्चितकालिन भोक हड्ताल गर्ने रहेका छन । लिम्वुवानका पक्षमा गरीने भोक हड्ताल पुर्वका ९ वटै जिल्लाका जिल्ला सदरमुकाम र राजधानी स्थित संविधानसभा भवन अगाडी गरीने प्रचारप्रमुख साम्वाले जानकारी दिनुभयो ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply