ताप्लेजुङमा महिला हिंसा विरुद्धको जनचेतनामूलक कार्यक्रम सुरु
मेचीनगर अनलाइन
|
Friday, November 26, 2010
|
0 comments
रविन भट्टराईर ताप्लेजुङ १० मंसिर
विहिबारदेखि विश्वभर लैंगिक हिंसा विरुद्धको अन्तराष्ट्रिय अभियान सुरु भएको छ । हरेक वर्ष विहिबारकै दिनदेखि सुरु हुने १६ दिने अभियानका लागि यो वर्षको नारा “हिंसाका स्वरुपहरु, शक्ति र महिला हिंसाको अन्तरसम्वन्धको विवेचना” रहेको छ । अन्तर्राष्ट्रिय मानवअधिकार दिवस डिसेम्वर १० अर्थात मंसिर २४ गतेसम्म सञ्चालन हुने अभियानका क्रममा लैङ्गिक हिंसा कमगर्ने विषयमा विभिन्न छलफल, अन्तरक्रिया र जनचेतनामूलक लगायतका कार्यक्रमहरु हने छन् । ताप्लेजुङमा पनि विभिन्न कार्यक्रमहरु गरि मनाइदैछ
। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी देवराज ढकालको अध्यक्षतामा बसेको बैठकले विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाउने निर्णय गरेको हो । आज ९ गतेदेखि २४ गतेसम्म विभिन्न कार्यक्रम गरिने भएको छ । अहिले सदरमुकाम कभर्डहलमा विभिन्न राजनैतिक दलका प्रतिनिधि, कानुन व्यवसायी, पत्रकार, नागरिक समाज सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधिहरु भेला भई सदरमुकाम परिक्रमा तयारी भइरहेको छ जिल्लाका सम्पूर्ण मावि र उच्च मावि तथा क्याम्पसमा लैङगिक हिंसा विरुद्धको जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न १ दिने प्रवचन गर्न जिल्ला शिक्षा कार्यालय गर्ने भएको छ ।Source :- Dainikee
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed