सुपारीबाट धानभन्दा ५ गुना बढी आम्दानी
मेचीनगर अनलाइन
|
Sunday, November 14, 2010
|
0 comments
आफ्नो चार बिघा खेतीयौगय जमिनमध्धे तीन बिघामा धान र एक विघामा सुपारी लगाएका डिल्लीराम दवाडी धानभन्दा सुपारीबाट सन्तुष्ट छन् । सुपारीले थोरै श्रम र लगानीमा धानभन्दा पाँच दोब्बर बढी आम्दानी दिन थालेपछि उनले विस्तारै अन्न खेती छोड्ने मनस्थिति बनाएका छन् ।
‘धेरै वर्ष धान खेती गरेपछि परीक्षणका लागि सुपारी लगाएँ,’ शनिश्चरे ३ का दवाडी भन्छन् ‘तर, थोरै माटोको सुपारी धानको कमाइलाई जित्यो ।’ एक बिघाको सुपारी वार्षिक डेढ लाख रुपैयाँसम्ममा बिक्री हुने उनले बताए । ‘एक बिघाको धान खेतीबाट त्यति आम्दानी हुन कम्तीमा पाँच बर्ष लाग्छ,’ उनले भने ‘अन्न खेतीको आधा त खर्चमै
जान्छ ।’ एक दसकयता व्यावसायीक सुपारीको खेती गर्दै आएका उनको अनुभवमा कम खर्चिलो र कम मिहेनतमा राम्रो आम्दानी सुपारीको विशेषता हो ।किसानका अनुसार रोपेपछि बाली सुरक्षाका लागि अन्न खेतीमा हरबखत चनाखो हुनपर्छ । गोड्ने, सिँचाई गर्ने, मल हालिरहनुपर्ने र भित्र्याउनुपर्ने पनि हुन्छ । तर, सुपारी खेतीमा यी कुनै झञ्झट पर्दैन । ‘एकपटक रोपछि उसको आयुभरी फल टिपे हुन्छ’, शनिश्चरेकै किसान गुणनाथ बरालले भने ।
रोपेको सरदर सात वर्षपछि उत्पादन दिन सुरु गर्ने सुपारीले तस् िदेखि पैतीस वर्षसम्म लगातार फसल दिन्छ । एउटा बोटमा २५ देखि ३० किलोसम्म काँचो सुपारी फल्ने भएकाले धेरै बाट हुनेले मर्का सहनु नपर्ने किसान बताउँछन् ।
सुपारी प्रतिकेजी १५ देखि २५ रुपैयाँसम्म् बिक्री हुन्छ । नेपालमा उत्पादित सुपारीको मुख्य बजार भारत हो । ‘हामीले बजार पुर्याईरहनु पर्दैन,’ बाहुडाँगीका किसान नीलकण्ड तिवारी भन्छन् ‘सुपारी बोटबाटै बिक्छ ।’ सिजानज लागेपछि भारतीय व्यापारीको हुल गाउँगाउँमा आइपुग्छ । पुसदेखि असार सुपारी उत्पादनको समय हो ।
नेपाल सुपारी खेती विकास स.स्थाका सचिव तिवारीका अनुसार रोपेपछि थपा स्याहार मिहेनत नपर्नै, अन्न बालीमा ज्सतो मल र बिषादी नचाहिने तथा अन्य लागनी पनि केही नहुने भएकाले सुपारी अन्न खेतीभन्दा फाइदाकारी भएको हो । चिम्ट्याइलो र सिँचाई सुविधा भएको माटोमा सुपारी बढी फस्टाउने उनले जनाए । यद्यपि आकाशे वर्षकै भरमा सुपारीलाई पानी पुग्दो हुने उनको भनाई छ ।
नेपालको सबैभन्दा बढी सुपारी उत्पादन झापामा हुन्छ । सरकारी तथ्याँक अनुसार देशभरीमा सुपारीको वार्षिक उत्पादन दर ३ हजार ९ सय ७२ टन छ । त्यसको ठूलो हिस्सा अर्थात ३ हजार ८ सय ६९ टन चाँही झापामा मात्रै उत्पादन हुन्छ ।
सुपारी खेती विकास संस्था भने पुरानो सरकारी तथ्याँक भन्दा जिल्लाको खेती धेरै अघि बढेको बताउँछ । संस्थाका अनुसार अहिले झापामा ४ हजार ५ सय हेक्टर जमनमा झन्डै २५ सय परिवारले सुपारी खेती गर्छन् । जसको वार्षिक उत्पादन ११ हजार टन रहेको उसको भनाइ छ ।
केही वर्षयता घुसुवा खेती प्रणाली बिकसित भएकाले सुपारी लगाउने किसान जिल्लामा वर्षेनी दस प्रिितशतका दरले बढेको संस्थाले जनाएको छ ।
Filed Under: रिपोर्ट


0 comments
Trackback URL | Comments RSS Feed