• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

नेपालमा आईएसपी कम्पनी संकटमा

काठमाडौ, कार्तिक २८ - भित्रिरहेका नयाँनयाँ प्रविधिले उपभोक्तालाई खुसी तुल्याए पनि व्यवसायीका लागि भने चुनौती थपिदिएको छ । नयाँ प्रविधिअनुसार आफूलाई परिवर्तन गरी प्रतिस्पर्धामा उत्रन नसके पुराना व्यवसाय संकटमा पर्ने निश्चित छ ।
सूचना प्रविधिको एउटा उदाहरण हो पेजर सेवा । दशकअघि मोबाइल सेवा भित्रिएपछि पेजर व्यवसायमा लोपै हुन पुग्यो । करिब दुई वर्षकै अवधिमा सबै पेजर उपभोक्ता मोबाइल प्रयोगकर्ता बन्न पुगे । पेजरजस्तै लोपै हुने अवस्था नभए पनि अहिले इन्टरनेट सेवा प्रदायक -आईएसपी) कम्पनी पनि संकटोन्मुख छ । मोबाइलमा भित्रिएको इन्टरनेट सेवाले यसको व्यापार बर्सेनि घट्दो अवस्थामा छ ।

दुई वर्षमै लोकपि्रयता कमाएको एडीएसएल सेवाले आईएसपी कम्पनीको उपभोक्तासमेत तानिदिएको छ । आईएसपी कम्पनीबाहेक ठूलो लगानीमा सञ्चालन भएका दूरसञ्चार सेवा कम्पनीले डाटा (इन्टरनेट) सेवालाई प्राथमिकता दिएपछि आईएसपीका उपभोक्ता वृद्धिदरलाई प्रायः रोकिएको छ । टेलिकम, एनसेल र युनाइटेड टेलिकमले उपभोक्तालाई इन्टरनेट सेवा प्रदान गरिरहेका छन् ।
दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एक वर्षको अवधिमा इन्टरनेट प्रयोगकर्ताको संख्या झन्डै सात गुणाले बढेको छ । अघिल्लो भदौमा इन्टरनेट प्रयोगकर्ताको संख्या ३ लाख ८० हजार थियो । हालको भदौमा २१ लाख २ हजार पुगेको छ ।
तर आईएसपी कम्पनीको उपभोक्ता भने एक वर्षको अवधिमा ३ हजार पनि बढेनन् । गत भदौमा ६२ हजार ३ सय ७५ ग्राहकलाई सेवा दिइरहेका आईएसपी कम्पनीले अहिले ६५ हजार ग्राहकलाई मात्र सेवा दिइरहेका छन् ।
'लगानी विस्तार गरेर ठूलो योजना सञ्चालन गर्न नसक्ने हो भने,' आईएसपी एसोसिएसनका अध्यक्ष विनय बोहोराले भने, 'आईएसपी कम्पनी लोप हुँदै जान्छन् ।' पछिल्लो समयमा डाटा सेवामा केन्दि्रत भएका ठूलो लगानीमा सञ्चालित दूरसञ्चार सेवा प्रदायक कम्पनीले छुट्टाछुट्टै पि|mक्वेन्सी प्रयोग गर्न पाएका छन् । तर ४० आईएसपी कम्पनीले एउटै पि|mक्वेन्सी प्रयोग गर्नुपरेको छ । टेलिकमको बजार एकाधिकारलाई तोड्न सरकारले काम गर्नुपर्ने बोहोराको तर्क छ ।
'टेलिकमसँग सुरुमा विभिन्न क्षेत्रले बनाएको ठूलो पूर्वाधार छ,' उनले भने, 'आईएसपी कम्पनीले सानो पुँजीमा बनाएको पूर्वाधार र भित्र्याएको प्रविधिले ठूला कम्पनीसँग प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ ।' ठूलो लगानीमा इन्टरनेट सेवा सञ्चालन गर्ने आईएसपी कम्पनी नभएका, छुट्टै पि|mक्वेन्सी नपाएका, नेसनल लिज लाइनको शुल्क बढी भएका कारणले यस्ता कम्पनी बिस्तारै लोप हुँदै जाने उनले बताए ।
'पूर्वाधार पहिल्यै तयार भएकाले टेलिकमले एडीएसएल भित्र्याएको दुई वर्षमै सबै जिल्लामा यो सेवा पुर्‍याउन सकेको छ,' बोहोराले भने । यस्तै एनसेलले पनि पछिल्लो समयमा डाटा सेवालाई प्राथमिकतामा राखेको र यूटीएलले पनि इन्टरनेट सेवा दिइरहेको सन्दर्भ उल्लेख गर्दै उनले भने, 'इन्टरनेट व्यापारमा दूरसञ्चार क्षेत्रमा मुख्य खेलाडी आउनेबित्तिकै साना लगानीका कम्पनीको व्यवसायमा गिरावट आउँछ ।'
बोहोराको भनाइलाई एडीएसएलका र आईएसपी उपभोक्ता संख्यामा एक वर्षको अवधिमा भएको वृद्धिदरले पनि समर्थन गर्छ । एक वर्षमा आईएसपीले दिएको इन्टरनेट प्रयोगकर्ता तीन हजारले मात्र बढे । तर एडीएसएल प्रयोगकर्ता भने एक वर्षको अवधिमा ३४ हजारभन्दा बढी थपिए । गत भदौमा १५ हजार ५ सय ६१ एडीएसएल उपभोक्ता रहेकामा यस भदौमा यो संख्या ४९ हजार ४ सय ६ पुगेको छ । जीपीआरएसका उपभोक्ता यस अवधिमा सबैभन्दा उच्च दरमा बढेका छन् ।
सरकारी स्वामित्वको एडीएसएल सेवामा पाएको यो सफलताले ऊसँग भएको सेवाअनुसार राम्रो भने होइन । धेरै क्षेत्रमा जस्तै सेवा दिने तर गुणस्तरीय सेवा नदिने प्रथा यसमा पनि छ । यही सेवाको कारण आफूहरू पछि नपर्ने सुबित्सुका प्रमुख कार्यकारी अधिकृत सुधीर पराजुली बताउँछन् । 'यसले कालान्तरमा असर पर्न सक्छ,' उनले भने, 'तर अहिले टेलिकमको सेवाले उपभोक्ता सन्तुष्ट हुन नसक्ने भएकाले हाम्रो व्यवसायमा खासै असर पर्दैन ।'
'लगानी नथपे मर्ज
एसोसिएसनका अध्यक्ष बोहोरा अहिले सञ्चालन भइरहेको आईएसपी कम्पनीले लगानी थपी ठूलो लगानीमा सञ्चालित दूरसञ्चार सेवा प्रदायक कम्पनीसँग प्रतिस्पर्धा गर्नु आवश्यक भएको बताए । यस्ता कम्पनीले लगानी थप नगरे उनीहरू मर्ज हुनुपर्ने विकल्प नभएको उनको भनाइ छ ।
'यस्तै अवस्था हो भने आईएसपी कम्पनीको आकार घट्ने र बिस्तारै लोप हुने क्रम सुरु हुन्छ,' उनले भने, 'यो अवस्थाबाट बच्न आईएसपी कम्पनीले लगानी थप्नु वा मर्ज भई पुँजी बढाउनु मात्र विकल्प हो ।' एडीएसएल भित्रिएपछि बजार विस्तारमा खुम्चिएका कम्पनीहरू अहिले दीर्घकालीन उपभोक्ताका भन्दै कर्पोरेट क्षेत्रमा सेवा दिन लागिपरेका छन् । व्यक्तिगत उपभोक्ता आईएसपी कम्पनीका लागि कम प्राथमिकतामा पर्छन् । उनले निजी कम्पनी पनि अप्टिकल फाइबर प्रविधिमा जानुपर्ने बताए ।
 Source:- Ekantipur

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply