बरामद काठ प्रहरीको घरतिर
मेचीनगर अनलाइन
|
Saturday, November 20, 2010
|
0 comments
सुरुंगा, ४ मंसिर/सुरुंगा प्रहरी चौकी इञ्चार्ज प्रहरी नायक निरीक्षक सुदर्श दासले तस्करबाट बरामद काठ घर लगेका छन् ।
प्रनानि दासले बिहीबार राति चौकीकै ना १ झ ५८६ नम्बरको प्रहरी भेन प्रयोग गरी चिरानी सखुवाको २० क्युफिट काठ अवैध रुपमा घर लगेका हुन् ।
एक महिना अघि प्रहरी गस्तीका टेक्रा, लालपानी र शिवगञ्जमा तस्करबाट बरामद गरेका ती काठ नियमानुसार वन कार्यलयमा बुझाउनु पर्नेमा प्रनानी दासले चौकी परिसरमा खाल्डो खनेर लुकाएका थिए ।
स्रोतका अनुसार दाले बिहीवार राति चौकीका ५ जना सहकर्मीलाई खाल्डोबाट ती काठ झिक्न लगाई प्रहरीकै भेनमा राखेर मोरंगको हरैचस्थित घरमा रातारात पुर्याएका छन् ।
उनले हवल्दार पदम बस्नेत र जवानहरु गुप्ता रायमाझी, जसबहादुर राई र डिल्ली कटुवाललाई चौकीबाट घरसम्म काठ लैजाने काममा दवावपूर्वक लगाएका थिए ।
राति २ बजे काठ बोकेर गएको प्रहरीको भेन ४ बजेर १५ मिनेट जाँदा फर्किएको स्रोतले जनाएको छ । तस्करीको काठ घर लगेको सुइँको पाएका स्थानीयबासीले प्रहरीको उपल्लो निकायमा राति नै खबर गरेका थिए । खबर पाएपछि राति नै झिलझिले र दमक इप्रका इञ्चार्जहरु उनी फर्किएपछि मात्र सुरुंगा आएका थिए । आफुभन्दा माथिका अधिकृतहरु आउँदा प्रनानि दास चौकीमा स्वाङ परेर सुतिरहेका थिए । स्थानीइबासीहरु प्रनानी दासको तस्करसँग पहिल्यैदेखि मिलेमतो रहेको दावी गर्छन् । यसअघि २ पटक उनले तस्करबाट बरामद काठ आफ्नो घर लगिसकेका थिए ।
गत साउनमा सुरुङा चौकीमा प्रहरी इञ्चार्जको रुपमा आएका उनको अवैध क्रियाकलापसँग सहकर्मीहरु समेत असन्तुष्ट थिए ।
‘छानविन हुँदैछ’
चन्द्रगढी/ प्रहरी उपरिक्षक रविन्द्र शर्माले सुरुंगा घटनाको छानवीन शुरु गरिएको बताएका छन् ।
‘आवश्यक अनुसन्धान भइरहेको छ’, उपरीक्षक शर्माले भने –‘दोषी प्रमाणित भए कारवाही हुन्छ ।’
जिल्ला प्रहरी कार्याललले आरोप लागेका प्रनानी दासलाई चौकीबाट जिल्ला झिकाएको छ भने काठ ओसार्ने काममा खटिएका अन्य प्रहरी र गाडी चालक सुरुंगामै छन् ।
Filed Under: अपराध


0 comments
Trackback URL | Comments RSS Feed