• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

झापामा इन्टरनेट सञ्चार

पवन पौडेल विर्तामोड झापा
अहिलेको आधुनिक युगमा सूचना प्रविधिको देन इन्टरनेटलाई नै जान्छ । युरोपियन मुलुक फिनल्याण्डमा 1 MBps को इन्टरनेटलाई मौलिक अधिकारको रुपमा राखेको छ । हामी त्यति अगाडी त नभनौ हाम्रो सरकारले अघिल्लो आर्थिक वर्षको बजेटमा घोषणा गरेको थियो । हात हातमा मोवाईल र घर घरमा इन्टरनेट । जे होस सोचेजस्तो र भनेजस्तो नभएपनि झापामा इन्टरनेटको धेरै विकास भएको नै मान्नुपर्छ ।
झापामा जिपिआरयसबाट नेपाल टेलिकमएनसेलको सिमप्रयोग गरी मोवाईल इन्टरनेट ग्राहक बाहेक बर्डलिङ्क, नेपाल टेलिकमको एडिसल, र युनाईटेल टेलिकम (युटिएल)को डाटा सिम बाट इन्टरनेटको प्रयोग हुँदै आएको छ । पहिले पहिले युवामाझ मात्र बढी लोकप्रिय बनेको इन्टरनेट अहिले सबै उमेर र समूहका मानिसहरुलाई अति अत्यावश्यक बस्तुको रुपमा देखापर्न थालेको छ । 
यो आधुनिक सूचना प्रविधिले स्थानिय सूचना र सञ्चार क्षेत्रलाई नछुने कुरा नै भएन । अहिले झापामा ८ ओटा एफ एमहरु प्रशारण रहेका छन्् ती मध्धे केही इन्टरनेटमा समाहित भएका छन् । कुनै निश्चित क्षेत्रमा सिमित भएका एफएमहरु इन्टरनेटमा अब प्रत्यक्ष रुपमा सुन्न सकिने भएका छन् । जसले गर्दा संसारको जुनसुकै कुनामा बसे पनि इन्टरनेटको पहुँचमा रहेका मानिसले ती एफ.एमहरुलाई प्रत्यक्ष रुपमा सुन्न सक्छन् । झापाको दमकबाट २०६३ साल बैशाखबाट आप्mनो प्रशारण सुरु गरेको सप्तरंगी एफ.एमले आफ्नै बेवसाइटमार्फत बिगत १ महिना अगाडीदेखि अनलाईन लाईभ रेडियो प्रशारण सुरु गरेको हो । झापामा यो नै पहिलो अनलाईन एफ.एम हो । त्यस्तै दमककै अर्को पाथिभरा एफ.एम लाई पनि अनलाईनमा प्रत्यक्ष सुन्न सकिन्छ । त्यस्तै मेची अञ्चलकै पहिलो एफ एम कञ्चनजंघा एफ.एम पनि अनलाईनको पहुँचको अन्तिम चरणमा पुगको छ । त्यस्तै भख्खरै बिर्तामोडबाट आफ्नो प्रशारण आरम्भ गरेको सनराईज एफ.एम पनि मईझापा डटकम मार्फत छिटै प्रत्यक्ष प्रशारण हुँदैछ । झापाको मेचीनगर १२ इट्टाभट्टाबाट प्रशारण हुँदै आएको एफ एम मेची ट्युन्सपनि यहि मंसिर १ गतेदेखि आफ्नै वेवसाईटमार्फत अनलाईन प्रत्यक्ष प्रशारणमा हुँदै आएको छ ।  
यसरी स्थानिय सुचना र सञ्चारको कुरा गर्दा झापाका कुनै पनि छापा माध्यमहरु अहिलेसम्म  आपूmलाई इन्टरनेटको पहुँचमा पुर्याउन सकेका छैनन् । भन्दा साह्रै दुःख लाग्छ तर यो तितो सत्य के हो पूर्वाञ्चलको एकमात्र अनलाईनमा समावेश भएकोे ब्लाष्टटाईम्स दैनिकको अफिसियल बेबसाइटमा समाचार अपडेट नभएको २ महिना पुग्नै आटेको छ । ब्लाष्ट टाइम्स दैनिकले आफ्नो १६ औँ बार्षिकत्सोवस मनाएको समाचार अपडेट गरेपछि बेवसाइटमा अरु कुनै पनि समाचार अपडेट गरेको छैन । झापामा अब छिट्टै नै कुनै न कुनै पत्रिका इन्टरनेटमा पढ्न पाउनुपर्ने झापालीहरुको जोडदार माग छ । अहिलेनै इ–पेपर नसकेपनि पिडिएफ फाइल बनाएर कुनै वेवसाइटमार्फत दैनिक अफडेट गर्न सकिए संसारको जुनसुकै कुनामा भएका झापालीहरुले आफ्नो गाउँठाउँमा घटेका समाचार र पत्रिकाहरु जस्ताको तस्तै पढ्न र हेर्न पाउँनेछन् ।
यसरी छापा माध्यम इन्टरनेटको पहुँचमा आउन नसकेपनि अहिले तीनवटा बेवसाइटहरुले नियमित रुपमा झापाली समाचारलाई विशेष प्राथमिकताका साथ विश्वभर फिजाउन सफल भएका छन् । तीमध्धे सबैभन्दा जेठो बेवसाइट हो दमकबाट सञ्चालित तितोपिरोमिठो डटकम  त्यस्तै गरी बिर्तामोडबाट सञ्चालित भएको मेचीनगर अनलाईन डटकम र काठमाडौंबाट सञ्चालित माईझापा डटकम यी तिनवटामध्धे कान्छो बेवसाइटको लक्ष्य ठुलो रहेपनि झापाबाहिर रहेर सञ्चालित भएको कारण स्थानिय खबरहरु त्यति अपडेट भएको देखिदैन ।    
यो लेख झापाको जनसंसद दैनिकमा आज प्रकाशित भएको छ । 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply