सल्लाको गोलियासहित ५ पक्राउ
मेचीनगर अनलाइन
|
Thursday, November 25, 2010
|
0 comments
पाँचथर , मंसिर १० -
सशस्त्र प्रहरीले पाँच ट्याक्टर अवैध सल्लाको गोलिया बरामद गरेको छ । टाँचा नलगाइएको सल्लाका १ सय २० क्युफिट काठसहित ट्याक्टर चालक र सहायक गरी पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक गीतनारायण चौधरीले अवैध टुना निकासीमा संलग्नताबारे अनुसन्धानका लागि चालक र सहायकलाई पक्राउ गरिएको बताए । उनका अनुसार ४६ थान अवैध निकासीबारे अनुसन्धान निम्ति बरामद गोलिया र पक्राउ व्यक्ति जिल्ला वनलाई जिम्मा लगाइएको उनले बताए ।
वनले अनुसन्धान थाले पनि पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरीको हिरासतमा राखिएको छ । जिल्ला वनका निमित्त प्रमुख नेमधारी यादवले उनीहरूको संरक्षित र दुर्लभ वन्यजन्तुको व्यापारमा संलग्नताबारे अनुसन्धान सकिएपछि मुद्दा चलाइने जानकारी दिए ।सशस्त्र प्रहरीले पाँच ट्याक्टर अवैध सल्लाको गोलिया बरामद गरेको छ । टाँचा नलगाइएको सल्लाका १ सय २० क्युफिट काठसहित ट्याक्टर चालक र सहायक गरी पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक गीतनारायण चौधरीले अवैध टुना निकासीमा संलग्नताबारे अनुसन्धानका लागि चालक र सहायकलाई पक्राउ गरिएको बताए । उनका अनुसार ४६ थान अवैध निकासीबारे अनुसन्धान निम्ति बरामद गोलिया र पक्राउ व्यक्ति जिल्ला वनलाई जिम्मा लगाइएको उनले बताए ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed