• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

भारतको आसाममा तीन नेपालीको हत्या

पर्वत पोर्तेल
सिलिगुडी(भारत) – पृथकतावादी संगठन नेसनल डेमोक्रेटिक फ्रण्ट फर वोडोल्याण्ड (एनडीएफवी) ले असममा तीन जना नेपाली नागरिकको हत्या गरेको छ ।
असमको उदलगुडी भन्ने स्थानमा ती नेपालीको हत्या गरिएको स्थानीय रेवतीरमण सापकोटाले जानकारी दिएका छन् । स्थानीय प्रहरीले असमको डेकियाजुली भन्ने स्थान नजिकको केकरानदी किनारमा ४ दिन अघि एक जनाको शव फेला पारेको थियो । उक्त शव नेपालका महेश घिमिरेको भएको पुष्टि भएको थियो । घिमिरेलाई वोडोल्याण्डका कार्यकर्ताले हत्या गरेका थिए । उनका दुई साथीहरु अनिल पोखरेल र झलक सरवान सुवेदीको पनि हत्या गरिएको जनाइएको छ । प्रहरीले भने यी दुईको शव फेला पार्न नसकेको जनाएको छ । गुवाहाटीका पत्रकार नन्द देवानका अनुसार तीनै जना नेपालवाट गुवाहाटी जादै थिए । सोही समयमा उनीहरु वोडोल्याण्डको शिकार भएका हुन् । मारिने नेपालीको ठेगाना खुल्न नसकेपनि उनीहरु गैडाको सिङको कारोवारी रहेको खुलेको छ । त्यही सिलसिलामा उनीहरु असम जादै थिए ।
प्रहरीले हत्यामा संलग्न रहेको आशकामा
वोडोल्याण्डका कार्यकर्ता थानेश्वर वसुमतरिलाई पक्राउ गरेको छ । वासुमतरिले नेपाली हत्याको आरोप स्वीकारेका छन् । वसुमतरिलाई उद्धृत गर्दै प्रहरीले वताए अनुसार तीनै जना नेपालीलाई अपहरणपछि हत्या गरिएको हो । डेकियाजुली प्रहरी पोष्ट अन्तरगतको शान्तिपुर गाउमा तीनैजनाको हत्या गरी केकराजुली नदी किनारमा पुरिएको वासुमतरिले प्रहरीलाई वयान दिएका छन् ।
पत्रकार देवानका अनुसार ८ लाख माग्दा नदिएपछि तीनैजनालाई वन्चरो प्रहार गरी हत्या गरिएको थियो । वोडोल्याण्ड विद्रोहीले तीन साता अघि दुई जना नेपालभाषि युवाको गोली हानी हत्या गरेको थियो ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply