• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

निन्दा पुलमा आक्रमण

धुलावारी– माओवादी सभासदका छोरासहितको एक समुहले शनिवार राति युथ फोर्सका एक कार्यकतामाथि आक्रमण गरेको छ। युथ फोर्स मेचीनगरका वडा नम्वर १० का संयोजक तथा युवा संघ नेपालका नगर सदस्य सुमन थापामाथि आक्रमण गरेको हो । सभासद चन्द्र मेचेका छोरा सन्जु मेचे र नेपाली सेनामा कार्यरत वीरु मेचेलगायतको समुहले थापामाथि मेचीनगरको निन्दा पुल नजिक आक्रमण गरेको पीडितले जनाएका छन् । पश्चिमबाट मोटरसाइकलमा पुर्वतर्फ आउदै गरेका थापालाई उक्त समुहले रोकेर अन्धाधुन्ध आक्रमण गरेको बताइएको छ । आक्रमणबाट उनको आखामा चोट लागेको छ । थापासंगै रहेका काँकडभिट्टा निवासी शान्ता थुलुङलाई पनि उनीहरुले हातपात गरेका थिए । थापाका अनुसार घटनामा उनको ५६१० मोडेलको नोकिया मोवाइल लुटिएको थियो । ‘घर फर्कदै थिए’, थापाले भने,‘एक्कासी रोकेर हिर्काइ हाले ।’ थापाका अनुसार मेचीनगर १२ जोरसिमलमा चेक जाचमा खटिएकोसशस्त्र प्रहरीको टोलीले घटना थाहा पाएपछि आक्रमणकारी
 फरार भएका थिए । ‘प्रहरीले थाहा नपाएको भए मार्ने रहेछन्’, उनले भने । पीडितले आइतवार दिएको उजुरीका आधारमा आक्रमणकार मध्येका धिमालद्धयलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले हिरासतमा लिएको छ । युवा संघ नेपालका केन्द्रीय सदस्य राजु कार्की र युथ फोर्स झापाका संयोजक चन्द्रप्रसाईले पनि घटना गम्भीर भएको भन्दै दोषीलाई कार्वाहीको माग गरे । यसैवीच युथ फोस मेचीनगरका संयोजक वालकृष्ण थापा र युवा संघका राजेश राउतले विज्ञप्तिमार्फत घटनाको भत्र्सना गदैर् दोषीलाई कडा कार्वाही गर्न प्रशासनसंग माग गरेका छन् ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply