• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

छोरा अमेरिकाबाट आमा कोलकाताबाट

फूलमान वल   
काठमाडौ, कार्तिक २३ - पहिलोपटक आफू अभिनित नेपाली कथानक चलचित्र 'गोर्खा पल्टन'को पि्रमियर शोका लागि अमेरिकाको कन्सर्टलाई बीचैमा छाडेर गत बिहीबार राजधानी उत्रेका पूर्व इन्डियन आइडल प्रशान्त तामाङ जमलस्थित एक होटलमा आराम गरिरहेका थिए, घरक्क ढोका उघि्रयो ढोकामा आमा रूपा उभिएरहेकी थिइन् 'अनौठो नमान, तिम्री आमा नै हुँ,' आश्चर्यभावसहित ढोकातिर हेरिरहेका प्रशान्तलाई आमाले भनिन्, 'तिमीलाई सरप्राइज दिन आएकी '
गायकबाट नायक बनेका छोराको फिल्म शुक्रबार (गत) नेपालभर रिलिज हुने थाहा पाएपछि छोरालाई खबरै नगरी आमा रूपा कोलकाताबाट विमान चढेर काठमाडौं उत्रेकी थिइन् कोलकाताबाट बागडोग्रा विमानस्थल, त्यसपछि गाडी चढेर भद्रपुर त्यहाँबाट उनी अर्को जहाज चढेर काठमाडौं आइपुगेकी थिइन्, १२ बजे काठमाडौं एयरपोर्ट उत्रिँदा छोरा प्रशान्त अमेरिकाबाट त्यही एयरपोर्ट हुँदै होटल पुगेको तीन घन्टा भइसकेको थियो
'छोरा गायकबाट नायक पनि बन्दै ,' केही समयदेखि कोलकातामा रहँदै आएका दार्जिलिङकी रूपाले भनिन्, 'आर्शिवाद दिन आएकी उनको यो यात्रा पनि सफल होस् ' छोरा इन्डियन आइडल हुँदा सोनी टीभीको स्टेजमा नेपाली टोपी लगाइदिएर आर्शीवाद दिइरहकै मनोदशामा देखिएकी रूपाले 'प्रशान्तलाई अघि बढ्न सहयोग गर्ने सम्पूर्ण नेपालीलाई' फेरि एकपटक धन्यवाद दिइन् भनिन्, 'उनको फिल्मी यात्रामा पनि पक्कै सबैको साथ मिल्नेछ '
कोलकातामा छोरासँगै बस्दै आइरहेको भए पनि छोरा दुई हप्तादेखि अमेरिकाको कन्सर्ट यात्रामा थिए 'आमा आउने कुनै खबर नै थिएन,' आमालाई भेटेपछि प्रशान्तले भने, 'काठमाडौं उत्रेपछि फोनसमेत गर्नुभएन बसेको होटलै खोज्दै आउनुभएछ ' खासमा रूपालाई प्रशान्तको पहिलो अभिनय रहेको फिल्म सगैं बसेर हेर्ने इच्छा रहेछ त्यत्तिकै लागि भएपछि दुइटा चहाज चढेर काठमाडौं उत्रिएका उनी कुराकानी चल्दै गर्दा फिल्म हेर्ने हतारोमा थिइन्, फिल्मका प्रस्तुतकर्ता राजेश वंशल बालाजुको अष्टनारायण हलमा फिल्म हेर्ने चाँजोपाँजो मिलाउँदै थिए
'आम्मै, यो निर्देशकले हाम्रो कथा कहाँबाट थाहा पाएछन्,' 'गोर्खा पल्टन' हेरेर अष्टनारायण हलबाट बाहिरिँदै गर्दा निर्देशक नारायण रायमाझीलाई रूपाले भनिन्, 'प्रशान्तको बाल्यकाल, उसको बाबुको कुरा मेरो समेत कुराहरू फिल्ममा रहेछन् ' ठ्याक्कै प्रशान्तको परिवारकै कथा नभए पनि गोर्खा सैनिकको कथाव्यथा उधिनिएकाले भारतीय पुलिसको पारिवारिक पृष्ठभूमि बेहोरेकी रूपालाई आफ्नै कथाजस्तो लागेको थियो प्रहरी सेवामै छँदा बुबाको मृत्यु भएपछि स्कुल पढ्दैको प्रशान्त भर्तीमा गएका थिए, फिल्ममा लगभग त्यस्तै कथा गोर्खा सैनिकको कथा व्यथा, लाहुरे परिवारको संवेदना, सैनिक पत्नीको पीडालगायतको सन्दर्भ बोकेको फिल्मलाई रूपाले आफ्नै पारिवारिक कथासँग जोडेर हेरिन् मुभिज डकटकमका लागि राजेश सुरज वंशलले निर्माण गरेको फिल्म मुलुकभरका झन्डै ६० हलमा एकसाथ चलिरहेको , प्रशान्तसँगै रञ्जिता गुरुङ, सुनिल थापा, कविता आले, सोनिया केसीलगायको अभिनय
'यो सानै छँदा उसको बुबा बित्नुभो,' फिल्मसँग आफ्नै कथा जोड्दै रूपाले भनिन्, 'अनि उसले (प्रशान्तले) पनि बाल्यकालमै घर छोड्नुपर्यो ' फिल्ममा धेरैपटक रोएको बताउँदै आमा रूपाले छोराको अभिनय सबैभन्दा मन परेको बताइन् '
के कुराले सबभन्दा बढी छोयो नि ? 'उसले लगाएको फौज (सैनिक) को कपडाले अनि उसले गाउँ छाडेको बेला,' रुपाले भनिन्, 'उसले गाएको देखेको थिएँ, फिल्म खेलेको पनि हेरें,' छोराको अभिनय यात्रा सफल होस् भनेर धेरैपटक गुम्बामा धुपबत्ती भाकल गरेको बताएकी रूपाले फिल्म हलमा ओइरिएको भीडलाई देखेर फौजी पारामै भनिन्, 'मेरो छोरोलाई मन पराउने दर्शक सबैलाई मेरो सलाम '
 News Source : www.ekantipur.com

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply