• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

२१ वर्षमै माविको प्रध्यापक

२०६७ - मंसिर काभ्रे, ९ मंसीर
काभ्रेको ढुर्ंखर्क गाविस-३ का २१ वर्षका राजकुमार गौतम नेपालकै कान्छा प्रधानाध्यपक भएको दावी गरीएको छ ।
२०४५ साल फागुन २२ गते जन्मेका राजकुमार ढुर्ंखर्क गाविस-२ स्थित कृष्णगोपाल माविको प्रअमा नियुत्ती पाएपछि सो दावी गरीएको हो ।
 विद्यालयका १० शिक्षक र तीन शिक्षिकामध्ये राजकुमार कान्छा हुन्  । तर तीनै शिक्षकरशिक्षिका तथा विद्यालय व्यवस्थापन समितिको र्समर्थनमा उनी प्रधानाध्यापक बनेका छन् । २१ बर्षै कलिलो उमेरमा प्रअ बनेको उनीनै नेपालको एक मात्र व्यक्ति भएको शिक्षा क्षेत्रका कार्यरत व्यक्तिहरुको दावी छ । 

विद्यालयका कार्यरत शिक्षकरशिक्षिकाहरुको बैठकबाट गौतमलाइ प्रधानाध्यापक बनाउने निर्ण्राभएपछि विद्यालय व्यवस्थापन समितिको सिफारिसमा बुधबारदेखि उनी प्रधानाध्यापकमा चयन भएका हुन् ।
 उनलाई जिल्ला शिक्षा कार्यालयले प्रअको रुपमा कार्य गर्न  विहिवार चिठी समेत दिएको छ । 
 जिल्ला शिक्षा अधिकारी रामशरण सापकोटाले धेरै जिल्लामा घुम्दा यति कम उमेरको प्रधानाध्यापक नभेटेको बताउँदै नेपालकै गौतम नेमालकै कान्छो प्रधानाध्यापक भएको दाबी गरे । 'म धेरै जिल्लाहरुमा पुगेको छु, यति थोरै उमेरको मावि प्रअ मैले भेटेको थिइन ।'-उनले भने । उनले प्रअ बनेकोमा गौतमलाई बधाई दिँदै सामुदायिक विद्यालयलाई उत्कृष्ट र नमुना विद्यालय बनाएर गुणस्तर शिक्षा प्रदानका लागि सबैसँग समन्वय र सहयोग लिएर अघि बढ्न आग्रह गरे । 
प्रेमप्रसाद गौतम र आमा सावित्री गौतमका जेठा  पुत्र राजकुमार विद्यालयका विज्ञान शिक्षक हुन् । राजकुमारलाई पढाउने शिक्षकहरु समेत उक्त विद्यालयकै शिक्षक भएपनि उनको सक्रियता र क्रियाशिलतालाई हेरेर विद्यालयको प्रअमा छनोट गरिएको विद्यालयका पूर्व प्रअ सीताराम तिमल्सिनाले बताए । 
सानै उमेरमा प्रअ बनेका अविवाहित राजकुमार विद्यालयको शैक्षिक र भौतिकस्तरमा परिवर्तन गरी नमुना विद्यालय बनाउनका लागि पहल गर्ने बताउँछन् । 'म विद्यालयकै सबैभन्दा कान्छो व्यक्ति हुँ तर सबैको सुझाव मागेर विद्यालयलाई नमुना बनाउनका लागि पहल गर्छु, गौतमले भने ।
Source :- Rajdhani Daily

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply