बाँसले धानेको जिन्दगी
मेचीनगर अनलाइन
|
Thursday, November 25, 2010
|
0 comments
लक्ष्मी उप्रेती काँकडभिट्टा झापा मेचीनगर–१ का सुशील मल्लिकलाई घरमै रोजगार मिलेको छ । बढ्दो बेरोजगारका कारण उनी जस्ता धेरै मानिसहरु रोजगारी खोज्दै बिदेश पलायन भईरहदा सुशीललाई मात्र होईन, त्यहाँका धेरै दलित समुदायलाई बाँसले नै घरमै रोजगारी दिलाएको हो । बेरोजगारले गाज्दा सोहि समुदायका धेरै जनशक्ति बिदेश पलायन भईरहेका बेला उनीहरु भने आय आर्जनका लागि बासको चोयाबाट निर्मित सामग्रीबाट मनग्गे आम्दानी गरिरहेका छन् । करिब १५, २० घर मल्लिक समुदायको बसोबास रहेको सो बस्तीका आधा दर्जन बासिन्दाले यो पेशा अंगालेका कारण उनीहरुमा घरायसी गर्जाे टार्न कुनै समस्या छैन् ।
उनीहरुले बाँसको चोयाबाट निर्मित ढाकी, पंखा, नाङ्गलो लगायतका समान बनाउने गरेका छन् । सानै उमेरदेखि घरको सामान्य काम गर्दे ढाकी नाङ्गलो र पंखा बनाउन सिकेका सुशीलले अन्ततः जीवन गुजरा गर्ने माध्यम यसैलाई बनाए । बाँसको चोयाबाट यतिको कमाई हुन्छ होला भन्ने सोचेको पनि थिईन सुशीलले भने–अहिले दुईवटा छोराछोरी पढाउने र चाडपर्व मान्ने प्रमुख श्रोत बाँसको चोयाका सामाग्री बने । चोया काट्न सके दिनमा ८ देखि १२ वटा सम्म ढाकी, पंखा र नाङ्गलो बनाउन सकिने उनले बताए । उनलाई श्रीमती चनिया ले काममा मद्धत गर्ने गरेकिछन् ।
मासिक उनीहरुको कमाई झण्डै पन्ध्रहजार रुपैया पुग्ने गरेको चनियाले बताईन । दशबर्ष अघिदेखि बाँसको चोयाबाट उनले पनि समान बनाउन सिकेकी थिईन । दुबैजनाको कमाई राम्रो भए पछि घर चलाउन कुनै समस्या नभएको चनियाको भनाई छ । उनीहरु मात्र होईनन् सोहि ठाउँकी पानु मल्ल्कि पनि बासको चोयाबाट हुने आम्दानीले सन्तुष्ट छिन् । मल्लिक पनि बाँसको चोयाबाट थरि थरिका सामग्री बनाएर घरको गुजरा चलाउछिन् । यता मेचीनगरकै ६७ बर्षिय रामनन्द मल्लिकले बासको चोयाबाट बिभिन्न घरेलु सामाग्री बनाएर ५जनाको परिवार पालिरहेका छन् । बासकै चोयाबाट बनाएका समान बेचेरै बर्षभरको छाक टार्न कसैको भर पर्नु परेको छैन उनले भने महिनामा सात आठ हजार रुपैया कमाई भईहाल्छ । उनले आफ्ना परिवारलाई समेत यो सीप सिकाएको सुनाए ।
सीप र जागर भए आफ्नै गाउँ ठाउमा धन कमाउन सकिने उदारहण बनेका छन् मेचीनगर कै हरिदेब मल्लिक समय समयमा बासको भकारी बनाएर उनले पनि राम्रै आम्दानी गरेका छन् । उनी पनि यो पेशा अंगालेर परिवार पालिरहेको बताउछन् । उनीहरु जस्ता यहा धेरैको आय आम्दानीको प्रमुख श्रोत पनि बाँसबाट बनाईएका सामाग्री नै बनेकाछन् । उनीहरुले तयार गरेका समान व्यापारीले घरमै आएर खरिद गर्ने गरेकाले यी बस्तुलाइृ बजारको कुनै समस्या नभएको सुनाउछन् । २५ देखि ३० रुपैया प्रतिगोटा व्यपारीले खरिद गरेको समान बजार पुग्दा ज्यादै महंगो हुने गरेको छ । समान बनाउने बास नपाउदा बेला बेला समस्या आउने गरेकोे उनीहरुको सामुहिक समस्या हो । यो समान बनाउन मालबास जातको बास चाहिने उनीले बताए । उनीहरु द्धारा निर्मित समान नगरका प्रमुख बजार धुलाबारी, ईटाभट्टा काकरभिट्टा हुदै टाढा टाढा सम्म पुग्ने गरेकाछन् ।
साभार :– प्रतिदिन दैनिक
पत्रकार उप्रेती झापाबाट प्रकाशित हुने प्रतिदिन दैनिकका काँकडभिट्टा संवातदाता हुन् ।
Filed Under: फिचर


0 comments
Trackback URL | Comments RSS Feed