• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

काँकडभिट्टा सेरोफेरो

 
काँकडभिट्टा – गाडी चोरीको आरोपमा प्रहरीले वुधवार एक जनालाई काँकडभिट्टामा पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय काँकडभिट्टाले वुधवार विहान झापाको मेचीनगर ११ का ठुले चौधरी भनिने सितनारायण चौधरीलाई पक्राउ गरेको हो । कात्तिक १६ गते काँकडभिट्टा टेक्सी सेन्डीगेट नजिकबाट हराएको डव्ल्युवी ७६–२९९४ नम्वरको टाटा सुमो चोरीमा चौधरीको संलग्नता पाइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका निरीक्ष्ँक देवी फागोले जनाएका छन् । अभियुक्तलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको  छ । आरोप पुष्टि भए चोरी अभियोगमा कार्वाही गरिने प्रहरीको भनाई छ ।  
काँकडभिट्टा – झापाका चिया किसान पुनः आन्दोलित भएका छन् ।  विगतमा भएका सहमति कार्यान्यनमा चिया उद्यमीले आलटाल गरेको भन्दै उनीहरु आन्दोलित बनेका हुन् । साना चिया किसान उत्पादक संघ झापाका अध्यक्ष्ँ पुर्णकुमार कार्कीले सहमति कार्यान्वयन नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् । संघकै अगुवाईमा वुधवार जिल्ला प्रशासन कार्यालय झापामा धर्ना दिइएको छ । संघले विहीवार पनि प्रशासनमा धर्ना दिइने जनाएको छ ।  संघ र चिया उद्यमीवीच गत साउन २३ र २४ गते हरियो चियाको मुल्य निर्धारणका विषयमा सहमति भएको थियो । सहमतिमा असोज पहिलो साताभित्रमा सहमति कार्यान्यन गर्ने भनिएपनि हालसम्म कार्यान्यन हुन नसकेको संघको आरोप छ । साना किसान र झापाका उद्यमीवीच हरियो चियाको मुल्य निर्धारणको विषयमा पटक पटक विवाद हुदै आएको छ ।

काँकडभिट्टा  –  झापाको मेचीनगर १० स्थित रमाइलो वस्तीको एक घरमा भाइटीकाको दिन भएको  आगलागि करिव १० लाख वढीको सम्पत्ति जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।   इलाका प्रहरी कार्यालय का“कडभिट्टाका प्रहरी नायव निरीक्षक महेन्द्र पराजुलीका अनुसार मेचीनगर १० का दिलवहादुर निरौलाको घरमा आइतवार राति करिव साढे ९ वजे अचानक आगो लागेको थियो ।  आगलागिबाट जस्ताको छाना भएको ३ कोठे पक्की घर पुर्ण रुपमा जलेर खरानी भएको थियो । घरभित्र रहेको लत्ता कपडा, २ सय ५० क्युफिट काठ, ८ बण्डल जस्तापाता, सुन २ तोला, रंगिन टीभी १ थान, १ लाख रुपैया नगद तथा अन्य भौतिक सामान र खाद्यान्न जलेर नष्ट भएको पीडित परिवारले जनाएको छ । 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply