लिम्बुवान परिषदद्वारा भोक हड्ताल
मेचीनगर अनलाइन
|
Wednesday, December 15, 2010
|
0 comments
धरान, मंसिर २९ - लोकतान्त्रिक संघी मंचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले अरुण पूर्वका नौ जिल्लामा बुधबार विहान ६ बजे देखि १२ घण्टे भोक हड्ताल सुरु गरेको छ ।
आत्मनिर्णय अधिकार सहितको स्वायत्त लिम्बुवान राज्य स्थापनाका लागि १२ घण्टे भोक हड्ताल सुरु गरेको परिषदका अध्यक्ष कुमार लिङ्देनले बताए । लिङ्देनले धरानको भोकहड्तालको नेतृत्व गरेका छन् । उनले संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र लिम्बुवान स्वायत्तता समेटिएको पुर्ण संविधान नबनेमा नेपालको नक्सामा परिषदले आफै लिम्बुवानको नया नक्सा कार्नेे चेतावनी दिए ।
अरुणपूर्व नौ जिल्ला जातीय ऐतिहासिक आधारमा लिम्बुवान क्षेत्र भएको दावी गर्दै लिङ्देनले भने, 'परिषदले एकल जाति लिम्बुको लागि मात्र यो आन्दोलन गरेको होइन, अरुणपुर्वका सवै जातिको हक अधिकार सुनिश्चितताको लागि शान्तिपुर्ण आन्दोलन गरेको हो ।'
लिम्बुवानी माग र आन्दोलनलाई तीन ठूला दल र सरकारले सम्बोधन गर्न कन्जुस्यांइ गरिरहेकोमा आश्चार्य व्यक्त गर्दै उनले भने, 'संघीयता, गणतन्त्र र स्वायत्तताको यो आन्दोलनलाई नजर अन्दाज गर्ने समय लम्बिएमा मुलुकका लागि त्यस्को परिणाम घातकसिद्ध हुने छ ।'
परिषदले ३ सय ठाउमा भोकहड्ताल गरिरहेको छ । इटहरीमा परिषदका महासचिव सूर्य माखिमले नेतृत्व गरेका छन् । मोरङमा परिषदका प्रथम उपाध्यक्ष ज्ञान बहादुर गुरुङ, झापामा द्धितिय उपाध्यक्ष ज्ञानु इम्वुङ, धनकुटामा केन्द्रीय सदस्य चन्द्रसिं नेम्वाङ लगायले नेतृत्व गरेका छन् ।
पारसलाई कारवाही गर्नु पर्ने
धरान- मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले अपराधिक गतिविधिमा सम्लग्न रहेको आरोप लागेका पुर्व युवराज पारस शाहलाई छानविन गरेर दोषी ठहरिएमा दण्ड सजायको भागिदार बनाउनु पर्ने माग गरेको छ ।
परिषदका अध्यक्ष कुमार लिङ्देनले सामान्य व्यक्तिले खुलारुपमा हतियार प्रदर्शन गरेमा र फायरिङ गरेमा उस्लाई प्रहरीले तत्काल पक्राउ गरेर कारवाही गरे जस्तै पारसलाई पनि कारवाही गर्नु पर्ने बताए । उनले पारस शाह संविधान भन्दा माथि नरहेकोले पुर्व युवराज भएको आधारमा सामान्य कारवाही मात्र गरिएमा गलत नजिर बस्ने दावी गरे ।News Source : Kantipur Online
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed