• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

बाबु बोगटीसँग केही भलाकुसारी

नेपालको कला क्षेत्रमा गायक बाट मोडल हुँदै नायक भएर आएका अहिलेका चर्चित कलाकार बाबु बोगटीसँग झापाको होटल हेवनमा मेचीनगर अनलाईनले गरेको भलाकुसारीको केही अंश
प्रश्न– कलाकारीता क्षेत्रमा लाग्न कसले प्रेरणा दियो ? 
उत्तर– प्रेरणा भन्दा पनि मेरो सानैदेखिको इच्छा थियो । इच्छा पूरा गर्न मलाई परिवारबाट सहयोग भएको छ । परिवार शिक्षित भएको नाताले पनि मलाई बुबा आमाले प्रेरणा दिनु भएको हो । 
प्रश्न– भनिन्छ नि कलाकार भएर बाँच्न गाह्रो छ, तपाईलाई गाह्रो भएको छै्न यो पेशाबाट जीवन धान्न ? 
उत्तर– पहिला पहिला कलाकार पेशाले मात्रै पेट पाल्न निकै गाह्रो थियो तर अहिले समय बदलिएको छ । दर्शकको मन जित्न सक्यो भने पेट पाल्न गाह्रो छैन । 
प्रश्न– तपाई ठूलो पर्दामा आउँदा किन यर्थातवादी फिल्म (बाटोमुनीको फूल) नै रोज्नु भो

उत्तर– रोजेको भन्दा पनि यसको निर्माता राजेश जी मेरो पुरानो साथी हो । उहाँको अनुरोधमा म यस फिल्ममा हात हालेको हुँ । 
प्रश्न– तपाईले नायक भएपछि झापाको माईखोलामा बोका चढाउछुँ भनि भाँकल गरेको कुरा उताउति सुनिन्छ नि के यो सत्य हो ? 
उत्तर - यो सत्य हो, मैले भन्दा पनि मेरो आमाले भाकल गर्नुभएको हो । आमाले माईमातासँग मेरो छोराको कामना पूरा होस् अनि बोका चढाउँछु भन्नु भएको रहेछ । मेरो पनि कामना पूरा भयो त्यसैले बोका चढाएको हुँ । 
प्रश्न– गायकबाट मोडलहुँदै नायक भइसक्दा के पाएँ के गुमाए जस्तो लाग्यो ? 
उत्तर : गुमाउनु भन्दा पनि मैले श्रोताको माया ममता पाएको छु, सधै पाइरहुँ, बरु श्रोताको माया ममता कहिल्यै नगुमोस् भन्छु । 
प्रश्न– पहिलो पटक “सान्नानी तिमीलाई भन्ने म्यूजिक भिडियो अभियन गर्दाको अनुभव बताइदिनुहुन्छ कि ? 
उत्तर: सान्नानी तिमीलाई भन्ने गीत म्यूजिक भिडियो नआइकन हिट भएको थियो । फेरी म्यूजिक भिडियो आएपछि झनै हिट भयो । हिट भएपछि अभिनय क्षेत्रमा मेरो पनि माग रहेछ भन्ने अनुभव भयो । र अहिले पनि मलाई सान्नानी तिमीलाई ठ्याक्क ठ्याक्क भन्दा दर्शकले चिन्नुहुन्छ । 
अब प्रसंग बदलौं । 
प्रश्न तपाई त निकै छिटो पनि हुनुहुदोँ रहेछ १४ वर्षको कलिलो उमेरमा नै अफेर चलेको रहेछ नि ? 
उत्तर– अँ हो ! म कक्षा ८ मा पढ्दा एक तर्फिय लभ (इलभ क्ष्नजतभम ीयखभ बाबष्च) भएको थियो ।
प्रश्न– त्यतिखेर सानै छु जस्तो लागेन ? 
उत्तर ः हाँस्दै ............ आखिर माया त हो नि त्यतिखेर उमेरको ख्यालै गरिएनछ । 
प्रश्न घरजम भयो त ? 
उत्तर ः छैन । अब केहीवर्षपछि नै । 
प्रश्न २०६७ सालमा झापाको सुरुङ्गाको म्यूजिक कन्सर्टपछि तपाई निकै चर्चामा आएको भन्ने गरिन्छ नि यो सत्य हो ? 
उत्तर ः यो साँच्चै हो, हल्ला होइन र त्यो मेरो पहिलो कन्सर्ट पनि हो । 
प्रश्न - आगामी कार्यक्रम के के छन् ? 
उत्तर : गीत रेर्कडिङ गर्दैछु । 
प्रश्न -एल्बमको नाम भन्न मिल्छ ? 
उत्तर : अहिले गोप्य नै राखौँ होला । 
प्रश्न: तपाई नायक भएपछि राज्यबाट के अपेक्षा राख्नु भएको छ ? 
उत्तर ः राज्यबाट अपेक्षा भन्दा पनि राज्यले कलाकारलाई सम्मान नै गर्न सकेको छैन । चाहे त्यो स्व. गोपाल भुटानी होस् वा बाबु बोगटी । राज्यबाट अपेक्षा गर्नुभन्दा पनि राज्यलाई कलाकारिता क्षेत्रबाट केही दिएको जस्तो लाग्छ । चाहे त्यो फिल्मबाट होस् वा म्यूजिक भिडियोबाट  ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply