• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

बेपत्ता श्रीमान् खोज्दै सदरमुकाम

इलाम, २० मंसिर
इलामको शान्तिपुर गाविसकी एक महिला तीन वर्षअघि बेपत्ता भएका आफ्ना श्रीमान् खोज्दै सदरमुकाम आएकी छिन् । बेपत्ता श्रीमान् लोकेन्द्र भट्टराईको खोजी गरिदिन आग्रह गर्दै उनकी श्रीमती माया सदरमुकाम आएकी हुन् ।
७ वैशाख ०६४ बाट आफूलाई गर्भवती भएको अवस्थामा धरानस्थित बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानमा उपचार गराउन गएका लोकेन्द्र औषधि लिएर आउँछु भन्दै अस्पतालबाट बाहिरिएका थिए । उनी अहिलेसम्म नर्फकेको र अत्तोपत्तो नभएको मायाले बताइन् । 'मेरो बच्चा हुनेवाला भएकाले अप्रेसन गराउन अस्पताल लैजानुभएको थियो,' मायाले आँसु झार्दै आइतबार सञ्चारकर्मीसँग भनिन्, 'छोरी जन्मिएर तीन वर्ष पुगिन्, तर श्रीमान्को कुनै खबर आएन ।'
श्रीमान् हराएपछि मायालाई छोराछोरी पढाउन धौ-धौ भएको छ । कमाएर ल्याएको पैसा खानलाउन नै ठिक्क हुने गरेको र भएभरको जमिन पनि श्रीमान्कै नाममा
रहेकाले छोराछोरीको बिचल्ली हुन लागेको मायाले बताइन् । 'अलिअलि खेतीबाट आएको पैसाले खानै पुग्दैन छोराछोरी कसरी पढाउनु र ?' उनले भनिन् । शान्तिपुरमा कमाएर खाने र बस्ने सुरक्षा नभएकाले माया, उनका एक छोरा र छोरी अहिले इलाम नगरपालिका-४ गोलाखर्क आएर बसेका छन् ।
बेपत्ता भट्टराई ०६२ मा मनोनीत जिल्ला सदस्य भएका थिए । लोकेन्द्रका बाबु चन्द्रकान्त भट्टराईलाई ०५६ कात्तिकमा तत्कालीन विद्रोही माओवादीले हत्या गरेका थिए । लोकेन्द्रलाई भने कसैबाट धाकधम्की नआएको मायाले बताइन् । 'कहीँबाट धम्की आएको थाहा थिएन, तर बेपत्ता हुने अघिल्लो दिन अलि तनाबमा हुनुहुन्थ्यो,' उनले भनिन् ।

News Source : Nayapatrika

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply