• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

मन्त्री करिमालाई झापाका सीडीओको ‘चड्कन’


विर्तामोड झापा ‘जनताको जीउधनको रक्षा गर्ने तपाईको दायित्व हो र तपाईलाई सरकारले त्यही काम गर्न पठाएको हो, म तपाईसँग भेटेर आमनेसामने कुरा गर्न चाहान्छु तपाई १५ मिनेटमा यहाँ आउनुहोस्’– मन्त्री करिमा बेगमले झापामा प्रमुख जिल्ला अधिकारी शशीशेखर श्रेष्ठलाई फोन गर्नु भयो । 
त्यसपछि उताबाट रिप्लाई आयो–‘म एउटा कार्यक्रममा छु, कार्यक्रम सकिएपछि आउँछु’–त्यसपछि बीचैमा–‘म यहाँबाट चाँडै निस्कन्छु सकेसम्म चाँडो आउनुहोस् भन्दै उताबाट फोन काटियो ।’
पचासौ कार्यकर्ता र व्यापारीबीचमा बसेर व्यापारीको गुनासो सुन्ने बित्तिकै ठाँटिएर सीडीओलाई
उसको कामकर्तव्य र अधिकारका सम्बन्धमा याद दिलाउन खोज्ने कृषि तथा सहकारी सहायक राज्य मन्त्री करिना वेगम अन्त्यमा चित् खाइन्–जतिखेर सीडीओ शशीशेखर श्रेष्ठले संवाद टुंगिन नपाउँदै मोबाइल फोनको लाइन काटिदिए ।
माथिको सम्बाद यसभन्दा अघि पर्साका सीडीओलाई कार्यकक्षमै गएर थप्पड हिर्काउने मन्त्री बेगम र झापाको सीडीओ श्रेष्ठबीच झापाको कृषि बजार उपज समिति बिर्तामोडबाट टेलिफोनमा गरिएको सम्वाद थियो । 
सीडीओ श्रेष्ठले फोनमा लामो समयसम्म राज्य सञ्चालनमा सीडीओको भूमिकाको कर्तव्य अधिकारको पाठ सिकाउन खोज्न मन्त्री बेगमको सम्वाद–‘तपाईलाई जनताको सेवा गर्न पठाएको हो’– मा सीडीओ श्रेष्ठले बीचैमा जनताको मात्र होइन सबैको हो भनेर जवाफ फर्काए । 
हजुर माछा ल्याउन पाएनौँ, सीडीओले गाडी नै रोकिदिए भन्ने व्यापारीको बिन्ती सुनेपछि तुरुन्त सीडीओलाई फोन गरेर–‘तपाईले गल्ती गरिरहनुभएको छ’–तपाईको दायित्व गाडी रोक्ने हैन भनेर निर्देशन दिँदा सीडीओ श्रेष्ठले अलिकति पनि रेस्पोन्स दिएनन् बरु भने–‘म अहिले व्यस्त छु ।’
गुनासो सुनेकै ठाउँबाट कार्यान्वनका लागि तम्सिएकी मन्त्री वेगम अन्त्यमा हिस्स परिन् । तर आपत्ति भने जनाइनन् । यहाँ किन पनि मन्त्री बेगम र सीडीओ श्रेष्ठको सम्बादको प्रस्तुति गरिएको हो भने कुनै समय सीडीओ कुटर चर्चामा आएकी बेगमलाई झापाका सीडीओ श्रेष्ठको एउटा सानै भए पनि चड्कन हो । 
झन् मोवाइलको लाउड स्पीकर बनाएर सीडीओ र आप्mनो सम्वाद सुनाएकी मन्त्री बेगम त्यतिखेर झन् कालीनिली भइन् जतिखेर आपूm अर्कौ कार्यक्रममा व्यस्त भएको सीडीओ श्रेष्ठको जवाफ पछि । 
मन्त्री र राजनीतिक दलका नेताको चाकरी गर्न नतमस्तक हुनपछि नपर्ने कर्मचारी र प्रशासकहरुमध्धे सीडीओ शशीशेखर श्रेष्ठलाई– मन्त्री भेट्नु भयो भन्ने हाम्रो प्रश्नमा जवाफ थियो– ‘किन भेट्ने, भेटिन् ।’
मन्त्री वेगमले पनि कुनै समयमा सीडीओसँग गरेको व्यवहारकै कारण चर्चामा आउनुभएकी तपाईलाई झापाका सीडीओले भेटेनन् नि भन्ने प्रश्नमा– यसरी चित्त बुझाइन ‘मैले अगाडी नै खबर गरिन्, सायद उहाँ पनि बिजी हुनुहुन्थ्यो होला ।’ 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

2 comments

Trackback URL | Comments RSS Feed

  1. Anonymous says:

    yo esto news ramro vayena. Sabai grammatical error cha, padnai kati gaaro vayeko. ali quality maintain garnu paro. Mechinagar municipality kai behijat hola jasto cha yo news pade pachi ta.

     
  2. Anonymous says:

    क्या बात सिडिओ सा'व ! क्या बात!
    जस्तालाई त्यस्तै गर्नु भएछ......... ठिक गर्नु भो.........

     

Leave a Reply