• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

विकिलिक्सका स‌स्थापक असाञ्जेलाई धरौटीमा छाड्न आदेश

काठमाडौ, मंसिर २८ - अमेरिकी गोप्य कुटनीतिक सन्देशहरु प्रकाशनमा ल्याएपछि चर्चामा आएका विकिलिक्सका स‌स्थापक जुलीयन असाञ्जेलाई अदालतलेम म‌गलबार धरौटीमा छाड्ने आदेश दिएका छन् ।
यद्यपी उनी अदालतले भने अनुसारको रकम धरौटीमा राख्न नसकेसम्मका लागि जेलमै रहने छन् । उनलाई स्वीडेनमा दुई महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा लण्डनमा पक्राउ गरिएको थियो ।
उनले कुल २ लाख ४० हजार पाउण्ड (करिव २ करोड ८० लाख रुपैयाँ) अदालतमा धरौटी वापत तिर्न भनिएको छ । उक्त रकम नतिरेसम्म नछाड्न पनि आदेश गरिएको छ । गतसाता उनी भाग्न सक्ने भन्दै अदालतले धरौटीमा छाड्न अस्वीकर गरेको थियो ।

साथै उनले आफ्नो पासपोर्ट आफु बस्ने स्थानको नजिकैको प्रहरी बुझाउनु पर्ने र हरेक साँझ त्यहाँ उनी उपस्थित हुनुपर्ने छ ।
असाञ्जलाई पक्राउ गरिएपछि उनले अमरिकी दस्तावेज प्रकाशित गरेको कारण जेल हालिएको भन्दै विश्वभरबाट बिरोध भएको थियो । वेष्टमिनिष्टर मजिष्ट्रेडको कार्यालय अगाडी उनको थनछेक मुद्दाको बहसमा धेरै समर्थक तथा पत्रकारहरु उपस्थित भएको बीबीसीले उल्लेख गरेको छ । बीबीसी टेलीभिजनले स्वीडिस अधिकारीहरुले अदालतको आदेशबिरुद्ध अपीलमा नजाने बताएको उल्लेख गरेको छ ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply