होसियार! नक्कली मदिराको उत्पादन बढ्दैछ ।
मेचीनगर अनलाइन
|
Thursday, December 9, 2010
|
0 comments
विर्तामोड २४ मंसिर
झापाका विभिन्न स्थानमा नक्कली मदिरा उत्पादन गर्ने क्रम बढेको छ । सम्बन्धित निकायबाट मदिरा विक्री वितरणका लागि इजाजतपत्र नलिई अवैधरुपमा घरमै मदिरा उत्पादन गरी विक्री गर्ने गरेको आन्तरिक राजश्व कार्यालय मेचीले जनाएको छ । यस्ता नक्कली मदिरा अन्तशुल्को स्टिकरविना नक्कली विर्को लगाएर झापा लगायत सुनसरीका विभिन्न स्थानमा पुग्ने गरेका छन् ।
मदिराका प्रत्येक बोतलमा बिर्को र बोलतमा पर्ने अन्तशुल्क टिकट टाँसेर मात्र बिक्री वितरण गर्नुपर्ने कानूनी प्रावधान रहेको छ । तर झापा जिल्लाको मेचीनगर १ खयरडाँगी, राजगढ, शनिश्चरे, दमक, बिर्तामोड लगायतका स्थानमा घरैपच्छिे अवैध रुपमा नक्कली रक्सी बनाइने र बिजक जारी नगरी धरान, इटहरी, विराटनगरसम्म पुर्याउने गरिएको छ । आन्तरिक राजश्व कार्यालय मेचीले अबैधरुपमा बिना इजाजत सञ्चालनमा गरिएका भट्टी सञ्चालकहरुलाई कारबाही गर्न थालेपछि यस्तो रहस्य खुलेको हो ।
अवैधरुपमा घरमै भट्टी सञ्चालन गर्ने झापा खयरडाँगीका मेघनाथ भण्डारीलाई १६ लाख रुपैँया र एक वर्ष कैद सुनाएको केही समय बित्न नपाउँदै झापा राजगढका बद्री निरौलालाई पक्राउ गरी आन्तरिक राजस्व कार्यालय झापामा बुझइएको छ ।
सुरुमा मदिरा मात्र बरामद गर्ने गरिएको भएतापनि हाल आएर प्रहरीले नक्कली मदिरा घरमै बनाएर विक्री वितरण गर्नेहरुको खोजतलास गरिएको कुरा आन्तरिक राजश्व कार्यालयका प्रमुख कृष्णप्रसाद पराजुलीले मेचीनगर अनलाईनलाई जानकारी दिएका छन् ।
Filed Under: रिपोर्ट


0 comments
Trackback URL | Comments RSS Feed