कर्मचारीमाथि कारवाहि हुने भो अब !!
मेचीनगर अनलाइन
|
Thursday, December 9, 2010
|
1 comment
सञ्जीव चापागाईझापा,मंसिर २३ ।
झापाको मेचीनगर– ११ प्यारीभिट्टा स्थित सुकुम्वासी वस्तिमा वासोवासै नभएको व्यक्तिका नाममा धनीपुर्जा वनाउन सहयोग गर्ने मेचीनगर नगरपालिकाका कार्यालयका कर्मचारीको विषयमा छानविन गरिने भएको छ ।
किर्ते कागज गरी वसोवास र जोतभोगनै नभएका व्यक्तिलाई धनीपुर्जाका लागि सिफारीस गर्ने कर्मचारीलाई कार्वाहि गर्नुपर्ने, किर्ते धनीपुर्जा वदर हुनुपर्ने, वर्षौ देखि सो स्थानमा वसोवास गर्दे आएका सुकुम्वासीका नाममा जग्गाको स्वामित्व हुनुपर्ने लगायतका माग गर्दै त्यहाँका सुकुम्वासी आन्दोलनमा उत्रिएपछि त्यस विषयमा छानवीन गरीने भएको हो ।
नगरपालिका कार्यलयमा आज भएको सर्वपक्षीय छलफलमा सो विषयमा छानविन गरीने तथा सुकुम्वासीका समस्या समाधनका लागि समिती गठन गरि काम अघि वढाइने सहमति भएको हो ।
छलफलबाट एकिकृत नेकपा माओवादीका वुद्धिनाथ पौडेलको संयोजकत्वमा २६ सदस्यीय सुकुम्वसी समस्या समाधन समिती गठन गरीएको नगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राइले जानकारी दिनुभयो । समितिमा माओवादीका तर्फबाट सिवि सारुमगर, नेपाली कांग्रेसका तर्फवाट तमोर राइ र प्रेम वुढाथोकी तथा एमालेका तर्फबाट वन्धन कुमार मुन्डा र लक्ष्मी उप्रती सदस्य रहनुभएको छ ।त्यस्तै अन्य सानादलबाट १÷१ जना र सुकुम्वासी तर्फबाट ११ जना प्रतिनिधि सदस्य रहेका छन ।
त्यहा रहेको १८ विगाह १० कठ्ठा जमिन मध्ये २ विगाहा क्षेत्रफलमा २ सय २५ घर धुरी सुकुम्वासी वस्दै आएका छन । सुकुम्वासीले २०२४ सालदेखि वसोवास गर्दे आएको उक्त जमिन अनारमनी–३ घर भएका गोपाल सुनवार र वविता राइका नाममा धनीपुर्जाका लागि नगरापालीकाले शिफारीस गरेपछि त्यहाका सुकुम्वासी आन्दोलनमा उत्रिएका हुन ।
सो जग्गामा कसैको वसोवास नभएको र वाटो समेत नभएको भनि गरीएको उक्त सिफारीसमा नगरपालीकाका लेखा अधिकृत राजन भेट्वाल र खाद्य अधिकृत दिपेन्द्र कार्किले नगरपालीकाका तर्फबाट हस्ताक्षर गर्नुभएको थियो भने कार्यकारी अधिकृत टिकादत्त राइले सो विवरणलाई सदर गर्नुभएको थियो ।
नगरपालिकाकले किर्ते काम गरी सुकुम्वासीलाई मारमा पारेको भन्दै त्यहाँका सुकुम्वासीहरुले हिजो नगरपालिका घेराउ समेत गरेका थिए ।
Filed Under: अपराध

किर्ते गर्ने बदमास कर्मचारीहरुलाई कारवाही हुनै पर्छ तर उक्त समितिले कस्तो प्रतिवेदन दिन्छ त्यो पनि हेर्नु पर्छ।