• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

पेशा नै संकटमा पार्यो कम्प्युटरले!!!

काँकडभिट्टा – कम्प्युटरको विकासले धेरैको दैनिकीलाई सहज पारिदिएको छ । तर,  कम्प्युटरकै कारण विराटनगरका मौला राई, ५४ को दैनिकी भने डमाडोल देखिन्छ  । उनी कम्प्युटरकै कारण दिनदिनै वेरोजगार वनाइदैछन् । ‘पहिला कम्प्युटर नहुँदा राम्रो थियो’, आफुलाई पूर्वाञ्चलकै एक्लो टाइपराइटर मेकानिक भएको दावी गर्दै राईले भने,‘कम्प्युटर आएपछि पेशा नै धरापमा परेको छ ।’ कम्प्युटरको प्रयोगले टाइपराइटरसंगै आफ्नो जिविकाको स्रोत पनि  विस्थापित भएको राईको ठहर छ । 
पहिला कार्यालयदेखि विभिन्न संघ संस्थाले टाइपराइटरकै प्रयोग वढी  गर्थे । समयको परिवर्तनसंगै अहिले टाइपराइटरको स्थान कम्प्युटरले ओगटेको छ । ‘त्यतिवेला टाइपराइटर वनाएर जिविका राम्ररी चलेको थियो’, राई भन्छन्,‘ कम्प्युटर वनाउन जान्दिन, त्यसैले समस्या छ ।’ कुनै समय उनी टाइपराइटर मर्मत गरेर मासिक १० हजारसम्म  कमाउथे । तर, अहिले विहान वेलुका हात मुख जोड्ने माध्यममात्रै भएको छ । पहाडी जिल्ला खोटाङबाट साढे तीन दशक अघि विराटनगर झरेका राईले यो पेशा अपनाएको पनि  लगभग त्यति नै वर्ष भएछ ।

उनी यो पेशामा आवद्ध हुन पुग्नुको पछाडि लामो कथा छ । २०३३ सालतिर लाहुरे वन्न भारत भासिएका राई अन्ततः टाइपराइटर मेकानिक भएर फर्किएका थिए । ‘उमेर पुगेन भनेर फर्काइदियो’, राईले त्यो क्षण सम्झिए,‘लाहुरे वन्न गाको चाउरे पो भएर फर्कियो ।’ लाहुरे वन्न नपाएको झोकमा उनले केही समय भारतमै विताए । त्यही समयमा उनले भारतको कानपुरमा टाइपराइटर मर्मत केन्द्रमा काम गर्न थाले र त्यही काम सिके । त्यहा सिकेको शीपलाई उनले वर्षौदेखि स्वदेशमा लगानी गरिरहेका छन् । तर, विडम्वना उनले आफु जस्तै मेकानिकलाई जन्माउन भने असक्ष्ँम वने । 
५ जनाको परिवार पनि यसै पेशाले धानिरहेको राई बताउछन् । हालसम्म १० हौ हजार टाइपराइटर मर्मत गरेको राईको दावी छ । ‘कति मर्मत गरियो गरियो’, इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टाइपराइटर मर्मतका क्रममा हालै भेटिएका राईले भने,‘लेखाजोखा नै छैन ।’ उनी टाइपराइटर मर्मतका लागि काँकडभिट्टादेखि सिरहा सप्तरीसम्म पुग्छन् । थोरै पारिश्रमिकमा राम्रो र भरपर्दो कामका कारण उनी सवैसामु लोकप्रिय वनेका हुन् । 
पूर्वाञ्चलमा जुनसुकै कार्यालयको टाइपराइटर विग्रिएमा मर्मतका लागि सवैले राईकै नाम लिन्छन् । हाल पूर्वका अधिकांश जिल्लास्थित प्रहरी कार्यालय र केही सरकारी कार्यालयमा टाइपराइटरको प्रयोगबाट काम सम्पादन गरिदै आएको छ । ‘विग्रियो भने वोलाउने उनैलाई हो’, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका निरीक्षक देवीप्रसाद फागोले भने,‘टाइपराइटर मर्मत गर्ने अर्को मान्छे नै छैन, उनको शेषपछि पुर्वबाट यसको प्रयोग पनि हराउछ होला ।’ 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply