• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

मेचीनगर आज पुरै आन्दोलनमय

संञ्जीव चापागाई झापा,मंसिर २२ । झापाको मेचीनगर–११ प्यारीभिट्टामा वस्दै आएका सुकुम्वासी धनीपुर्जाको माग गर्दै आन्दोलनमा उत्रिएका छन त्यस्तै गरी भने पेट्रोलियम पदार्थमा गरिएको मुल्यविरुद्धको विरुद्धमा काँकडभिट्टा पनि दिनभरी तनावग्रस्त नै रह्यो । 
नगरपालिमा भएको विरोध
वि.सं २०२४ सालदेखि सो स्थानमा वस्दै आएका २ सय २५ घर धुरी सुकुम्वासी आयोगले धनीपुर्जा नदीएको र नगरपालीकाले जग्गा धनीपुर्जा उपलव्ध गराउन पहल नगरेको भन्दै आन्दोलीत भएका हुन ।
सोहि क्रममा आज २ सय वढी सुकुम्वासीले मेचीनगर नगरपालीका कार्यालयमा पुगेर समस्या समाधानका लागि नगरपालीका समक्ष आग्रह गरेका छन ।
सुकुम्वासीहरुले सोहि ठाउमा वस्ने वातावरणको सिर्जना, किर्ते कागज गरी मिलेमत्तोमा जग्गा वेच्ने कर्मचारीलाई कार्वाहि लगायतका माग समेत अघि सारेका छन ।
सुकुम्वासीको मागका विषयलाई लिएर आजै मेचीनगर नगरपालीका कार्यालयमा भ
एको सर्वपक्षीय भेला भोली पुन वस्ने गरी स्थगित भएको छ ।भेलामा राजनितिक दलका प्रतिधिनी, नागरीक समाजका प्रतिनिधी,पत्रकार, सुकुम्वासी प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।
त्यहा रहेका १८ विगाह १० कठ्ठा जमिन मध्ये २ विगाहा क्षेत्रफलमा सुकुम्वासी वस्दै आएका छन ।
सुकुम्वासी वस्दै आएको उक्त दुइ विगाह जग्गा नगरपालीकाका कर्मचारीको मिलेमत्तोमा विक्रि गरीएपछि आन्दोलीत भएका सुकुम्वासीलाई यस अघि वेचीएको जग्गा उनिहरुलाई नै फिर्ता गरी धनिपुर्जा उपलव्ध गराउने भनिएपनि हाल सम्म धनीपुर्जा उपलव्ध नगराएपछि आफुहरु आन्दोलनमा उत्रन वाध्य भएको स्थानीय स्तरमा गठीत धनीपुर्जा सिफारीस समितिका अध्यक्ष विलासकुमार सिटौलाले जानकारी दिनुभयो ।
 काँकडभिट्टामा भएको विरोध
पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि र त्यसले आम जनतामा पारेको चर्को मारको विरोध गर्दै होटल व्यवसायी संघ झापाले चरणवद्ध आन्दोलनको घोषणा गरेको छ ।
निगम भित्रको आन्तरीक अनियमितता वन्द गर ,मुल्य बृद्धि फिर्ता गर” भन्ने नारा सहित सुरु गरीएको उक्त आन्दोलनको पहिलो दिन आज झापाको काकरभिट्टामा विरोध ¥याली सहितको कोण सभा सम्पन्न भएको छ ।विरोध ¥यालीले काकरभिट्टा वजारको परिक्रमा गरेको थियो ।
होटल व्यवासायी संघका अध्यक्ष अर्जुन सुव्वाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पर्यटन वर्ष नजिकिरहेको अवस्थामा मुल्य वृद्धि गरेर राहत नभइ आहत दिएको भन्दै पेट्रोलियम पदार्थमा गरीएको मुल्य बृद्धि तत्काल फिर्ता गर्न माग गरीएको थियो । साथै वक्ताहरुले सभासदहरुको मौन वस्ने प्रवृत्तिका कारण सम्विधान पनि नवनेको र सरकार विहिन अवस्थामा हचुवाको भरमा निर्णय गर्ने प्रवृत्तिको विरोध समेत गरेका छन ।
कार्यक्रममा पेट्रोलियम पदार्थको मुल्य बृद्धिले होटल व्यावसायीमा मात्र नभइ आम उपभोत्ताले चर्को मार खेप्नु परेकाले सवैलाई आवाज उठाउन आह्वान गरीएको छ । कार्यक्रममा पत्रकार,होटल व्यावसायी, गृहिणी , विद्यार्थी लगायत स्थानीय उपभोक्ता सहभागि भएका थिए ।
आन्दोलनका कार्यक्रम अनुसार भोली जिल्ला प्रशासन कार्याल्यमा ज्ञापन पत्र वुझाउने र नेपाल आयल निगम घेराउ गर्ने कार्यक्रम रहेको छ ।साथै होटल व्यवासायी संघले सांकेतीक रुपमा दैनिक १ घण्टा होटल व्यवसाय वन्द गरी आन्दोलनमा साथ दिएर सरकारको सरकारे ध्यान केन्द्रत गराउन सहयोगका लागि सम्पुर्ण व्यवसायी हरुमा अनुरोध समेत गरीएको छ ।
आफ्नो मागको सुनवाई नभएमा वाध्य भएर थप आन्दोलनका कार्यक्रम घोषण गरीने होटल व्यवसायी संघले चेतावनी समेत दिएको छ ।
संञ्जीव चापागाई एफ.एम मेची ट्युन्समा कार्यरत छन् भने झापाका अनलाईन पत्रकार भनेर पनि चिनिन्छन् । 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply