हेयर डिजाइनर डेविडको खेलकुदक्षेत्रमा सहयोग
मेचीनगर अनलाइन
|
Monday, December 13, 2010
|
0 comments
काँकडभिट्टा – हेयर डिजाइनर निल डेविड कट्वालले झापाको क्रिकेटको विकासका लागि लगानी गरेका छन् ।
काँकडभिट्टा सोमवार आयोजित एक पत्रकार सम्मेलनका वीच झापाको क्रिकेटको विकासका लागि उनले लगानी गर्ने घोषणा गरेका हुन् । ग्लामर क्षेत्रमात्रमा प्रवेश गर्नु अघि आफु क्रिकेट खेलाडी रहेको बताउदै उनले नेपाल तथा भारतका संचारकर्मीमाझ भने,‘ग्लामर क्षेत्र मेरो रुचि मात्रै हो तर क्रिकेट मेरो ज्यान हो ।’
झापाको एक मात्र मेची क्रिकेट एकाडेमीलाई उनले प्रत्येक वर्ष डेढ लाख रुपैया सहित जर्सी प्रायोजन गर्ने घोषणा गरेका थिए । ‘सहयोग निरन्तर भइरहन्छ’, डेविडले बताए ।
एकाडेमीका अध्यक्ष एवम पुर्व राष्ट्रिय क्रिकेट खेलाडी मनोज कट्वालले डेविडले उपलव्ध गराएको रकम झापाको क्रिकेटको स्तरोन्नतीमा खर्चिने जानकारी दिए । ‘उहाको सहयोगले झापाली क्रिकेटमा उर्जा थपिएको छ’, अध्यक्ष कट्वालले भने ।
२०६५ सालमा स्थापित मेची क्रिकेट एकाडेमीले रुविना क्षत्री, सन्नी पुन, सन्तोष वराल, सुनिल विष्टलगायतका राष्ट्रिय क्रिकेटरहरु उत्पादनमा महत्वपुर्ण योगदान दिएको छ । केही समययता आर्थिक अभावले निस्कृय वनेको एकाडेमीले सहयोगपछि पुर्नजीवन पाएको छ ।
झापा जिल्ला क्रिकेट संघका उपाध्यक्ष्ँ अरुण श्रेष्ठले सहयोग खेलाडीका लागि हौसलापुर्ण हुने बताए ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed