फाइनलमा पुगेको नेपाली भिडियोलाई भोट गरौँ !!!
मेचीनगर अनलाइन
|
Thursday, June 10, 2010
|
0 comments
अमेरिकी विदेश मन्त्रालय तथा यसका साझेदारहरुले अन्तराष्ट्रिय डेमोक्रेसी भिडियो च्यालने्ज प्रतियोगिताको अन्तिम चरणमा प्रवेश गर्ने १८ प्रतियोगी भिडियोहरू केही दिनअघि सार्वजनिक गरेको छ । यो अनलाइन प्रतियोगितामा सहभागिहरुलाई "प्रजातन्त्र भनेको..." वाक्यांश पुरा गर्दै छोटो भिडियो पेश गर्न आह्वान गरिएको थियो । यी १८ मध्ये सार्वजनिक मतदानबाट ६ भिडियोलाई विजेताको रुपमा छनौट गरिनेछ । विभिन्न ८३ देशका ७०० प्रतियोगीहरुमध्येबाट अन्तिम चरणमा प्रवेश गर्ने १८ भिडियोहरु छानिएका हुन् । जसमध्ये नेपालबाट अनुप पौडेलले बनाएको *"Democracy is Black"* भन्ने शीर्षकको भिडियो अन्तिम १८ मा दक्षिण एसियाबाट छानिएको छ । अब जित्नको लागि यो नेपाली भिडियो *"Democracy is Black"* लाई दर्शकहरुको भोटको आवश्यकता रहेको छ ।
*भोट कसरी गर्ने ?
* युट्युब मा :
*http://www.youtube.com/democracychallenge* त्यसपछि *Sequence 01_mpeg2video.m *भन्ने भिडयो सर्चबारमा सर्च गर्नुहोस् !
त्यसपछि त्यहाँ भिडियोसँगै देखिने *लाइक बटन* क्लिक गर्नुहोस् ।
तपाईको भोट अमुल्य हुनेछ, प्रतियोगिता जित्नको लागि । भोटिङ जुन १५ तारिख अर्थात असार १ गतेसम्म गर्न सकिने छ । आजको मितिले करिब १ हप्ता बाँकि रहेको छ । भोट दिनैपिच्छे गर्न सकिने छ । आशा छ यहाँहरुले आफ्नो अमुल्य मत, “Democracy is Black” लाई दिनुहुनेछ । स्मरणिय रहोस् गतवर्ष सन् २००९ को प्रतियोगितामा नेपालबाट छिरिङ छोडेन बिजयी भएकी थिइन ।
http://udgaralbum.blogspot.com/ बाट प्रमोसनको लागि प्रेषित
http://udgaralbum.blogspot.com/ बाट प्रमोसनको लागि प्रेषित
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed